हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा

सामान्य चोटपटकपछि कार्यक्रमस्थल पुगे


२०८३ जेठ २२ शुक्रबार १०:११ बजे

काठमाडौं :  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ उदयपुरमा मोटरसाइकल दुर्घटनामा परेका छन्। उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाने क्रममा बीच बाटोमै उनी दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परी अध्यक्ष साम्पाङको हातमा सामान्य चोट लागेको र उनको अवस्था अहिले सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँतीले जानकारी दिएका छन्। दुर्घटनाको बाबजुद पनि अध्यक्ष साम्पाङ आफ्नो दृढता देखाउँदै पूर्वनिर्धारित कार्यक्रमस्थलमा पुगेका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७