श्रम स्वीकृति भएपछि मात्र विमानस्थल आउनू: अध्यागमन
वैदेशिक रोजगारीमा जानेहरूका लागि अध्यागमनको नयाँ सूचना
काठमाडौं : वैदेशिक रोजगारीका लागि विदेश प्रस्थान गर्नुअघि अनिवार्य रूपमा श्रम स्वीकृति भइसकेको हुनुपर्ने अध्यागमन विभागले जनाएको छ ।
विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा जाने नेपालीहरूलाई श्रम स्वीकृति जारी भएपछि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउन अनुरोध गरेको हो ।
पछिल्लो समय कतिपय श्रमिकहरूले वैदेशिक रोजगार विभागमा श्रम स्वीकृतिका लागि आवेदन मात्रै दिएर, स्वीकृति नहुँदै विमानस्थल पुग्ने गरेको पाइएको छ । अरू व्यक्ति वा एजेन्टमार्फत निवेदन दिएका कारण कतिपय श्रमिकहरूलाई आफ्नो श्रम स्वीकृति भइसकेको छ वा छैन भन्ने सही जानकारी समेत नहुने गरेको विभागको भनाइ छ ।
प्रक्रिया पूरा नभई विमानस्थल पुग्दा श्रमिकहरूलाई थप झन्झट र मर्का पर्ने भएकाले, आफ्नो श्रम स्वीकृति पूर्ण रूपमा जारी भइसकेको निश्चित गरेर मात्र यात्रा तय गर्न विभागले सचेत गराएको छ ।
.gif)

.png)

