नीति तथा कार्यक्रममाथि आज पनि छलफल


२०८३ बैशाख ३१ बिहीबार ०७:२७ बजे

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा गत सोमबार संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आज पनि सङ्घीय संसद्का दुवै सदनमा छलफल जारी रहने भएको छ।

यसका लागि प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजे र राष्ट्रिय सभाको बैठक ११:१५ बजे बोलाइएको छ। गत बुधबारको प्रतिनिधि सभा बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भए पनि आजको सम्भावित कार्यसूचीमा भने नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ।

सरकारले यसै अधिवेशनमार्फत आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट समेत प्रस्तुत गर्ने लक्ष्य राखेको सन्दर्भमा आजको बैठकलाई विशेष चासोका साथ हेरिएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७