१५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्दै काठमाडौँ महानगर


२०८२ चैत २९ आइतबार ०५:०८ बजे

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको समूह परीक्षण गर्ने भएको छ । 

कक्षा ६ देखि १० सम्म पढ्ने करिब १५ हजार विद्यार्थीको रगतको समूह पत्ता लगाउन रगत परीक्षण गर्ने भएको महानगरका मेडिकल अधिकृत डा दिवस न्यौपानेले जानकारी दिए । उनले विद्यार्थीको रगतको समूह पत्ता लागेपछि विपद्का बेला रगत खोज्न सजिलो हुने बताए ।

ती विद्यार्थीको रक्तदाताको रुपमा तथ्याङ्क राख्ने र आवश्यक परेको बेला बोलाउन सक्ने उनले बताए । महानगरले वैशाखमा नयाँ भर्ना खुलेसँगै विद्यालयमै गएर रगत सङ्कलन गर्ने जनाएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७