उपसभामुख उम्मेदवारी : रूवि ठाकुरको समर्थकमा कवीन्द्र बुर्लाकोटी
काठमाडौँ : श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी परेको हो। श्रम संस्कृति पार्टीबाट सांसद रूविकुमारी ठाकुर र राप्रपाबाट सांसद सरस्वती लामा प्रतिस्पर्धामा छन्।
ठाकुरको उम्मेदवारीमा श्रम संस्कृतिका सांसद आरेन राई प्रस्तावक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कविन्द्र बुर्लाकोटी समर्थक रहेका छन्। लामाको प्रस्तावक र समर्थक भने राप्रपाकै सांसद छन्।
यसअघि राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले रास्वपाले आफ्ना उम्मेदवारलाई समर्थन गर्ने बताएका थिए। ‘उपसभामुख पदमा राप्रपाले उम्मेदवारी दिओस्, हामी समर्थन गर्छौं भनेर रास्वपा सभापति रवि लामिछानेले भन्नुभएको छ,’ शाहीले बताएका थिए।
तर पछिल्लो अवस्थामा रास्वपाले श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जनाएको छ। रास्वपा प्रवक्ता मनिष झाले उपसभामुखमा श्रम संस्कृतिलाई सहयोग गर्ने बताएका छन्।
प्रतिनिधि सभामा श्रम संस्कृति पार्टी र राप्रपा दुवै प्रतिपक्षी दल हुन् । श्रम संस्कृतिका ७ र राप्रपाका ५ सांसद छन्।
यसअघि चैत २२ गते रास्वपाका उपसभापति डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। एकै दलबाट सभामुख र उपसभामुख चयन गर्न नमिल्ने भएकाले रास्वपाले उपसभामुखमा अर्को दललाई समर्थन गर्ने भएको हो।
.gif)

.png)

