मध्यपूर्व युद्धको असर नेपालमा, निर्माण क्षेत्र र उपभोक्ता प्रभावित
काठमाडौं : मध्यपूर्वी एसियामा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित भएसँगै नेपालमा निर्माण मजदुर र उपभोक्तामा असर देखिन थालेको छ ।
निर्माण व्यवसायी महासङ्घले मूल्यवृद्धिका कारण निर्माण कार्य बन्द गर्ने चेतावनी दिएपछि करिब १० लाख निर्माण मजदुरको दैनिक आम्दानी प्रभावित हुने जोखिम देखिएको छ ।
नेपाल आयल निगमले पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ भने बजारमा एलपी ग्यास आंशिक रूपमा मात्र उपलब्ध रहेको जनाइएको छ । इन्धनको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत प्रत्यक्ष असर पर्ने देखिएको छ ।
यसैबीच, आप्रवासी श्रमिकको सुरक्षित काम गर्ने अधिकारमा असर परेको र महँगीका कारण मजदुरको जीवनशैली प्रभावित भएको उल्लेख गरिएको छ ।
महिला पुनर्स्थापना केन्द्र (ओरेक)ले मूल्यवृद्धिको प्रभाव विशेषगरी मजदुर, महिला र संरचनागत रूपमा पछाडि परेका समुदायमा बढी पर्ने जनाएको छ । संस्थाले यसले जीवनयापन, विभेद र हिंसाको जोखिम बढाउने चेतावनी दिएको छ ।
ओरेकले खाद्य सुरक्षा, जीवनरक्षा र आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न तथा मौलिक अधिकारको कार्यान्वयनका लागि सरकारसँग ठोस कदम चाल्न माग गरेको छ ।
.gif)

.png)

