आफ्नै सरकार भए पनि गलत कदममा खबरदारी गर्नुपर्छ : स्वर्णिम वाग्ले
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आफ्नै पार्टीको एकल सरकार बने पनि गलत कदम चालिए प्रश्न उठाउनुपर्ने बताएका छन् ।
पार्टीका नवनिर्वाचित सांसदहरूको प्रशिक्षण कार्यक्रममा उनले सरकार बाटो बिराउन खोजे बोल्नुपर्ने बताए।
उनले भने, ‘हामी कानुन बनाउन आएका हौँ । सरकारको कामको समीक्षा, अनुगमन गर्ने, निगरानी गर्नुपर्छ। हाम्रो सरकार बन्दा पनि हामीले औँलो ठड्याउनुर्छ । खबरदारी गर्नुपर्छ ।’
वाग्लेले सांसदहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका जनताको मुद्दा बुलन्द रूपमा उठाउनुपर्ने उल्लेख गरे। नीति बहस, विकास निर्माण तथा सामाजिक र आर्थिक विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
बाचा पत्रको थिम थिति बसाल्ने संकल्प रहेको बताउँदै उनले नेपालमा जनताबाट अभूतपूर्व समर्थन प्राप्त भएकाले सोहीअनुसार काम गर्नुपर्ने धारणा राखे। रास्वपाले काम गरेरै देखाउनुपर्ने उनले बताए।
.gif)

.png)

