शान्तिपूर्ण र लोकतान्त्रिक वातावरणमा निर्वाचन सम्पन्न : प्रचण्ड
काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको बताएका छन् ।
निर्वाचन सम्पन्न भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, 'एउटा जटिल राजनीतिक परिस्थितिलाई सहजतातर्फ लैजान घोषणा भएको प्रतिनिधि सभाको निर्वाचन तमाम आशंका चिर्दै शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएको छ।'
मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले प्रणालीलाई अझ सुदृढ बनाएको उनको भनाइ छ ।
जनताको निर्णयलाई सम्मान गर्दै आगामी दिनमा देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरेका छन् ।
.gif)

.png)

