त्रिभुवन विश्वविद्यालय विश्ववरीयता ९१९औँ स्थान 


२०८२ फाल्गुण १४ बिहीबार ०७:१८ बजे
फाइल तस्बिर

काठमाडौंः त्रिभुवन विश्वविद्यालय विश्ववरीयता ९१९औँ स्थानमा रहेको छ । बेलायतस्थित टाइम्स हायर एजुकेसनको वरीयतामा सन् २०२५ मा त्रिवि १५०१ वरीयताक्रममा परेको पनि यस वर्ष भने सुधार गरेर ९१९औँ स्थानमा पुगेको हो ।

विश्वका विश्वविद्यालय वरीयतामा त्रिभुवन विश्वविद्यालयले सुधार गरेको छ। त्रिविमा आयोजित पत्रकार सम्मेलनमा उपकुलपति दीपक अर्यालले विश्वविद्यालयको विभिन्न अन्तर्राष्ट्रिय वरीयतामा त्रिविले  सुधार गरेको बताए। तर व्यवस्थापकीय पक्ष र शिक्षण अवस्थामा भने कुनै पनि सुधार नभएको विद्यार्थीहरुको आरोप छ ।

अर्यालका अनुसार यो वरीयता बढ्दा विश्वका अन्य विश्वविद्यालय र देशमा त्रिविको शैक्षिक प्रमाणपत्रको मान्यता पनि बढ्छ। 

त्यस्तै, अमेरिकी संस्था युएस न्युज र विश्व रिपोर्टको विश्ववरीयतामा ९१९औँ स्थान प्राप्त गरेको छ। विश्व विश्वविद्यालय वरीयता केन्द्रको सूचीमा त्रिविले १६५७औँ स्थान हासिल गरेको छ। विश्व विश्वविद्यालय वरीयता केन्द्रका अनुसार त्रिवि विश्वका शीर्ष ७.८ प्रतिशत विश्वविद्यालयभित्र पर्न सफल भएको छ, जुन अघिल्लो वर्षको ८.३ प्रतिशतभन्दा सुधारिएको हो।

यी वरीयता संस्थाहरूले फरक–फरक मापदण्ड अपनाउने भएकाले एउटै विश्वविद्यालयको स्थान फरक देखिनु स्वाभाविक भएको विश्वविद्यालयको भनाइ छ। टाइम्स हायर एजुकेसनले वरीयता निर्धारणमा शिक्षण वातावरण, अनुसन्धान गुणस्तर, उद्योग सहकार्य र अन्तर्राष्ट्रियकरणलाई प्राथमिकता दिने गरेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७