त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुख नियुक्त, कहाँ को ?


२०८१ पौष २९ सोमबार १३:२४ बजे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो ।क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।

त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ र विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट र रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी क्याम्पस प्रमुख नियुक्त भएका छन् । भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल र बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्रीलाई क्याम्पस प्रमुख नियुक्त गरिएको त्रिविले जनाएको छ ।

रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक र सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव  क्याम्पस प्रमुख नियुक्त भएका छन् । देशभर त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।

कहाँ को नियुक्त ? 

शंकरदेव क्याम्पस, पुतलीसडक –सह प्रा डा कपिल खनाल
नेपाल कमर्स क्याम्पस, मीनभवन –सहप्रा डा जितेन्द्र प्रसाद उपाध्याय 
भैरहवा बहुमुखी क्याम्पस, भैरहवा– सहप्रा लक्ष्मी प्रसाद जोशी 
ललितकता क्याम्पस, भोटाहिटी –उपप्रा डा.याम प्रसाद शर्मा 
सानोठिमी क्याम्पस, भक्तपुर –उपप्रा डा.माधव कुमार श्रेष्ठ
महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्ज –सहप्रा डा लालमणि आचार्य 
सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत–सहप्रा माधव प्रसाद खनाल
विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग –उपप्रा. महेन्द्र कुमार बुढाथोकी 
पाटन संयुक्त क्याम्पस, पाटनढोका –सहप्रा रघुविर बिष्ट 
बुटवल बहुमुखी क्याम्पस, बुटवल – उपप्रा डा अरुण कुमार जोशी 
रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, जनकपुर –प्रा.डा बसन्त कुमार कर्ण 
भोजपुर क्याम्पस, भोजपुर –सहप्रा पर्वत कुमार राई 
पृथ्वीनारायण क्याम्पस, पोखरा –प्रा.डा हरिप्रसाद पाठक 
रन्तराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग – सहप्रा डा अरुण कुमार अधिकारी 
सूर्यनारायण सत्यनाराण मोरवैता बहुमुखी क्याम्पस. सिरहा  –सहप्रा राजेश्वर प्रसाद यादब 
डोटी बहुमुखी क्याम्पस, डोटी सहप्रा दिलानन्द जोशी 
त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पा –उपप्राध्यापक टंकप्रसाद पन्थ
जुम्ला बहुमुखी क्याम्पस, जुम्ला– उपप्रा प्रकाशचन्द्र खत्री
वन बिज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पस, पोखरा –सहप्रा डा नारायण प्रसाद गौतम  
कृषि, पशुविज्ञान अध्ययन संस्थान, लम्जुङ क्याम्पस सुन्दरबजार –उप्रा रामकुमार श्रेष्ठ
पाक्लिहवा क्याम्पस, रुपन्देही –सहप्रा जन्मजय गैरे 
मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा –सहप्रा देवी प्रसाद आचार्य 
केन्द्रीय प्रविधि क्याम्पस, धरान –प्रा बसन्त कुमार राई
धवलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ– सहप्रा सुदर्शन सिलवाल 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७