त्रिभुवन विश्वविद्यालयमा भुईँचालो ल्याउनु पर्नेछ : मन्त्री पुन


२०८२ कार्तिक १२ बुधबार १७:४४ बजे

काठमाडौँ : शिक्षामन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयमा केही परिवर्तन आवश्यक रहेको बताएका छन्।

बुधबारको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीको संक्षिप्त प्रतिक्रियामा मन्त्री पुनले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीसँग मन्त्री पुनले भने, 'त्रिभुवन विश्वविद्यालयले अहिलेसम्म नीति तथा कार्यक्रम तयार पार्न सकेको छैन । अब त्यहाँ अलिअलि भुईँचालो ल्याउनु पर्नेछ।'

उनको भनाइअनुसार विश्वविद्यालयले हालको व्यवस्थापन र नीति कार्यान्वयनमा सुधार गर्दै अघि बढाउनुपर्ने आवश्यकता देखिएको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७