पाठेघरको मुखको क्यान्सर रोकथाम : धनुषाका १६ हजार ९०० किशोरीलाई खोप


२०८२ माघ २४ शनिबार २०:१८ बजे

काठमाडौँ : धनुषा जिल्लामा ८४ प्रतिशत किशोरीलाई पाठेघरको क्यान्सर रोकथामका लागि एचपिभी खोप लगाइएको छ l जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजित अभिमुखीकरण कार्यक्रममा प्रमुख उमेश यादवले जनकपुरसहित जिल्लाभर १६ हजार ९०० किशोरीले निशुल्क खोप पाएको जानकारी दिए ।

खोप १०-१४ वर्षका किशोरीलाई दिइएको थियो। यादवले बताए अनुसार सरकारले शतप्रतिशत किशोरीलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको छ। त्यसैअनुसार, आइतबारदेखि कक्षा ६ का विद्यार्थीहरुलाई पनि खोप दिइने तयारी भइरहेको छ।

विद्यालयका शिक्षकहरुलाई समेत खोपसम्बन्धी जानकारी र अभिमुखीकरण कार्यक्रम गरिएको थियो। नेपालमा प्रत्येक वर्ष दुई हजार १६९ महिला पाठेघरको क्यान्सरबाट प्रभावित हुने विवरण प्रस्तुत गरिएको छ। लामो समयसम्म संक्रमण रहँदा क्यान्सरको जोखिम बढी हुने विशेषज्ञको भनाइ छ।

जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डलले क्यान्सर रोकथाममा समुदायको सहयोग आवश्यक रहेको बताए। उनले मदरशाका किशोरीहरुलाई समेत खोप लगाउन सचेत गराउनुपर्नेमा जोड दिए। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले विद्यालय बाहिरका किशोरीहरुलाई समेटेर शतप्रतिशत खोप अभियान सुनिश्चित गर्न सुझाव दिए।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७