बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको राहत प्याकेज, दुई दिन निःशुल्क भ्वाइस कल

बाढीले ७ टेलिकम टावरमा क्षति, फाइबर लिंक मर्मतमा प्राविधिक टोली परिचालन


२०८३ भदौ १० बुधबार १४:२२ बजे

काठमाडौं : रसुवा र नुवाकोटमा बाढीका कारण सञ्चार सेवामा समस्या देखिएपछि नेपाल टेलिकमले प्रभावित क्षेत्रका सेवाग्राहीलाई निःशुल्क भ्वाइस कल, डाटा र एसएमएस उपलब्ध गराउने भएको छ। टेलिकमले बाढी प्रभावित तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई सावधानी अपनाउन आग्रह गर्दै एसएमएसमार्फत सचेत गराइरहेको छ। साथै विपद्को समयमा आवश्यक सूचना प्रवाहलाई सहज बनाउन सचेतनामूलक रिङब्याक टोनसमेत बजाउन थालेको जनाएको छ।

बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनसम्म भ्वाइस कल निःशुल्क उपलब्ध गराइनेछ। त्यसैगरी प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। बाढीका कारण नेपाल टेलिकमको पूर्वाधारमा समेत क्षति पुगेको छ। प्रारम्भिक विवरणअनुसार रसुवामा दुईवटा र नुवाकोटमा पाँचवटा गरी सातवटा टावरमा क्षति पुगेको छ।

त्यसैगरी गल्छीदेखि रसुवा बोर्डरसम्म रहेको फाइबर लिंकमा समेत क्षति पुगेको टेलिकमले जनाएको छ। फाइबर लिंकमा क्षति भएपछि केही क्षेत्रमा सञ्चार सेवा प्रभावित हुन सक्ने अवस्था देखिएको छ। क्षतिग्रस्त पूर्वाधारको मर्मत तथा सञ्चार सेवा यथाशीघ्र नियमित बनाउन नेपाल टेलिकमको प्राविधिक टोली निरन्तर प्रभावित क्षेत्रमा खटिएको छ।

विपद्को अवस्थामा उद्धार, राहत तथा आपतकालीन सूचना आदानप्रदानमा सञ्चार सेवाको महत्वपूर्ण भूमिका रहने भएकाले सेवा अवरुद्ध हुन नदिन मर्मत तथा पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको टेलिकमले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७