ग्यास सिलिन्डर विस्फोट हुँदा  विश्वकर्माको मृत्यु


२०८२ माघ ११ आइतबार ०७:४२ बजे
सांकेतिक तस्बिर

बुटवलः रुपन्देहीको सम्मरीमाई गाउँपालिका–६, रुपदलापुरमा ग्यास सिलिन्डर विष्फोट हुँदा एकजना युवकको मृत्यु भएको छ । ओडवलिया चोकस्थित रामसरण ग्रिल उद्योगमा काम गरिरहेका २८ वर्षीय गोविन्द विश्वकर्मा ग्यास सिलिन्डर पड्किँदा गम्भीर घाइते भएका थिए ।

उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनबहादुर रावलका अनुसार फलाम काट्न प्रयोग गरिने ग्यास सिलिन्डर अचानक विष्फोट भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७