फ्रि तिब्बत अभियानमा लागेको प्रमाण दिन टासी ल्हाजोमको चुनौती
काठमाडौं : टासी ल्हाजोमले आफूमाथि लगाइएका आरोपको प्रमाण देखाउन चुनौती दिएकी छन्। टासी ल्हान्जोमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक सूचीबाट आफ्नो आफ्नो नाम फिर्ता भएको भन्ने खबर गलत भएको भन्दै आफूमाथि लगाइएका आरोपको प्रमाण दिन चुनौती दिएकी हुन् ।
भू–राजनीतिक चासो उत्पन्न भएको भन्दै रास्वपाले टासीको नाम हटाएको समाचार सार्वजनिक भए लगत्तै उनले यसको खण्डन गरेकी हुन् ।‘ मैले समानुपातिक सूचीबाट नाम फिर्ता लिएको छैन र फिर्ता हुने प्रक्रियामा सहभागी पनि भएको छैन। मैले बारम्बार भन्दै आएकी छु। म तिब्बती नागरिक होइन। म फ्रि तिब्बतको अभियानमा कुनै पनि तवरमा संलग्न भएकी छैन। मेरा प्रेमी तिब्बती होइनन्,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
उनी हिमाली क्षेत्रको पर्यावरण संस्कृति आदि क्षेत्रमा अध्ययन गरेकी अध्येता हुन् । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेकी थिइन् । त्यसैगरी सार्वभौम देशको नागरिक भएको हिसाबले आफूसँग चुनाव सामनुपातिक वा प्रत्यक्ष दुवै हिसाबले लड्न पाउने पनि बताइन्।
आफ्नो संवैधानिक अधिकारको हनन गर्नेविरूद्ध कानुनी कारबाही अघि बढाउने पनि बताइन्। भनिन्, ‘आफ्नो प्रमाण सार्वजनिक गर्नुहोस् । नेपालको सार्वभौम मुलुककी नागरिकको हैसियतले मलाई नेपालको संविधानले प्रत्याभूत गरेका सबै अधिकारहरू प्राप्त छन्, जसमा निर्वाचन लड्ने अधिकार पनि समावेश छ, चाहे प्रत्यक्ष होस वा समानुपातिक । कसैले पनि मेरो यो संवैधानिक अधिकारलाई अस्वीकार गर्ने वा बाधा पुर्याउने प्रयास गरेमा म कानुनी कारबाहीमा जानेछु ।’
यसअघि सुशीला कार्की सरकारमा मन्त्री बन्ने तयारीमा रहेकी टासीको बारेमा विभिन्न विवाद आएको भन्दै अन्तिम घडीमा नाम काटिएको थियो ।
.gif)

.png)

