नेपाली कम्युनिस्ट पार्टीले बहुमत ल्याउँछ : वामदेव गौतम


२०८२ मङ्सिर २२ सोमबार १७:५० बजे

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका नेता वामदेव गौतमले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पार्टीले दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । सोमबार ललितपुरमा आयोजित कार्यक्रममा उनले यस्तो दाबी गर्दै कार्यकर्तालाई अहिलेदेखि नै तयारी थाल्न निर्देशन दिएका हुन् । 

गौतमले भने, 'टोल, वडा, पालिका कुनै ठाउँ खाली नराखी जनताको घरदैलोमा पुग्नुपर्छ। १७ वटा पार्टी एकीकृत भइसकेपछि नेताको अभाव हुनेछैन ।'उनले दुई तिहाइ बहुमत ल्याएपछि समाजवादको यात्रा सुरु हुने र जनताको जीवनस्तर सुधारका लागि बाटो, घर, उत्पादन, विकासका योजना तथा सीप सिकाइ-सिकाउने कार्यक्रम सञ्चालन हुने बताए । 

उनले नयाँ पुस्ताले गौरव गर्ने नेपाल निर्माण गर्ने पनि दाबी गरे ।  साथै, युवालाई उत्पादनसँग जोडेर श्रम गर्न लगाउनु आवश्यक भएको र बेरोजगारीका कारण उनीहरू आन्दोलनमा उत्रिने गरेको उल्लेख गरे । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७