नेपाली कम्युनिस्ट पार्टीले बहुमत ल्याउँछ : रावल
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीमबहादुर रावलले आफूहरू ताजा जनादेशमा जान तयार रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीले धनगढीमा आयोजना गरेको पार्टी एकता सन्देश सभा तयारी छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
आगामी फागुन २१ गते हुने निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी नेपाली जनताको साथ र समर्थन लिएर बहुमतसहित स्थापित भएर राज्य सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै रावलले निर्वाचनका लागि अन्तरिम सरकारले सुरक्षा सुनिश्चित गर्नुपर्ने बताए ।
धनगढी छलफलमा रावलले मतदाताले स्वतन्त्र र भयरहित रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए । उनले भने, 'सरकारले फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ । तर, जेलबाट भागेका कैयौँ कैदीबन्दी बाहिर नै छन् । कयौँ थान गोली, बन्दुक अझै राज्यको नियन्त्रणमा आइसकेको छैन ।'
नेपाली कम्युनिष्ट पार्टीले यही मंसिर १२ गते धनगढीमा पार्टी एकता सन्देश सभा आयोजना गर्न लागेको र त्यसैका लागि तयारी छलफल कार्यक्रम गरिएको जनाइएको छ।
.gif)

.png)

