जनकपुरमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा


२०८२ मङ्सिर २० शनिबार १२:१७ बजे
फाइल तस्बिर

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले आज (शनिबार) जनकपुरधाममा एकता सन्देश सभा गर्दैछ। 

जनकपुरको तिरहुतिया गाछीमा सन्देश सभा गर्न लागिएको सो पार्टीका नेता महेन्द्रराय यादवले जानकारी दिएका छन्।

सन्देश सभामा नेकपाले मधेस प्रदेशका ८ वटै जिल्लाबाट कार्यकर्ता र शुभेच्छुक उतारेको छ । सभामा ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी नेकपाले गरेको छ।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेताहरु नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, मातृका यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

यसअघि नेकपाले गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ। अब बागमतीको हेटौँडामा मङ्सिर २३ गते एकता सभा हुने सो पार्टीले जनाएको छ। 

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १६ वटा वाम घटक मिलेर गएको कात्तिक १९ गते नेकपा गठन भएको हो। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७