तिहार र छठका कारण स्थगित नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजदेखि पुनः सुरु


२०८२ कार्तिक १३ बिहीबार १५:१७ बजे

ललितपुर : नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज अपेक्षित समयभन्दा ढिलो सुरु भएको छ । दिउँसो १ बजे प्रारम्भ हुने भनिएको बैठक करिब दुई घण्टापछि मात्र बिपी स्मृति भवन ललितपुरमा सुरु भएको हो ।

जारी बैठक असोज २८ गते सुरु भएको कार्यसमितिको निरन्तरता हो । तिहार र छठ पर्वका कारण बीचमा स्थगित भएको बैठक आज पुनः बसेको हो ।

बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ । पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यहरूको उपस्थितिमा छलफलका लागि करिब १० एजेन्डा तय गरिएको बताइन्छ । तीमध्ये महाधिवेशनका तयारीलाई मुख्य एजेन्डाका रूपमा लिइएको छ ।

यसअघि असोज २८ गतेको बैठकमा ‘जेनजी’ प्रदर्शन, प्रतिनिधिसभा विघटनपछि बनेको राजनीतिक अवस्था, अन्तरिम सरकार गठन र पार्टीको भूमिकासम्बन्धी विषयमा छलफल भएको थियो।

जारी बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई निर्धारित समयभित्र आफ्नो मत राख्न अनुमति दिइएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७