रुपन्दहीमा ईभी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ घाइते


२०८२ कार्तिक १२ बुधबार १२:३६ बजे

बुटवल : रुपन्देहीमा यात्रुवाहक ईभी गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । घटनामा चार जना गम्भीर घाइते भएका छन्।

बागमती प्रदेश ०१–००६ ख ७७८२ नम्बरको ईभी गाडी रुपन्देहीको रुद्रपुरतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सैनामैना ८ बाँसगढीका ४५ वर्षीय खुमबहादुर आचार्य, कन्चन गाउँपालिका–५ का ४३ वर्षीय जितेन्द्र थापा र ४२ वर्षीय खेम बिक रहेका छन् । 

गम्भीर घाइते हुनेमा गाडीका चालक ३५ वर्षीय विक्रम श्रेष्ठ, उनका १० वर्षीय छोरा समीर श्रेष्ठ, ३२ वर्षीय सोनु चौधरी र ३९ वर्षीय अशोक थापा रहेका छन् । उनीहरुलाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले बताएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७