जनमत पार्टी विभाजनपछि मधेशमा सत्ता सङ्कट : सुरक्षाका लागि सेना परिचालन


२०८२ असोज २९ बुधबार १९:३८ बजे

काठमाडौँ : जनमत पार्टी विभाजनको असर मधेश प्रदेश सरकार गठनमा देखिएको छ । मुख्यमन्त्री नियुक्तिको विवाद उत्कर्षमा पुगेपछि प्रदेश प्रमुखको कार्यालयको सुरक्षा गर्न सेना परिचालन गरिएको छ

मुख्यमन्त्री नियुक्तिका लागि दुई समूहबीच तीव्र दाबी-विरोध बढेसँगै सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सेना तैनाथ गरिएको मधेस प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र सोनलले पाँच दलको समर्थनमा सरकार गठनको दाबी पेश गरेका थिए भने नेपाली कांग्रेस–एमाले गठबन्धनबाट कृष्ण यादवले समेत मुख्यमन्त्रीको दाबी गरेका थिए ।

तर, विवादको मूल जड जनमत पार्टीको विभाजन बनेको देखिन्छ । दीपक साहको नेतृत्वमा छुट्टिएको समूहले नयाँ जनस्वराज पार्टी दर्ता गराइसकेको छ । निर्वाचन आयोगले पार्टी दर्ता स्वीकृति दिइसकेको छ ।

पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले मंगलबार राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुले पनि पार्टी विभाजन, सत्ता दाबी र समर्थनको अनिश्चितताका कारण मधेस प्रदेशमा राजनीतिक संकट देखिएको हो ।

मधेश प्रदेशमा जनमतबाट निर्वाचित १३ सांसद छन् । जनमत विभाजित भएपछि मधेसको मुख्यमन्त्री नियुक्तिको विषय पेचिलो बनेको हो ।

 

 

 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७