बाढीले बाँध भत्काउँदा सर्लाहीका करिब ४०० घर डुबानमा


२०८२ असोज १९ आइतबार १४:४२ बजे

सर्लाही : अविरल वर्षासँगै आएको लखन्देही नदीको बाढीले सर्लाही जिल्लामा ठूलो क्षति पर्‍याएको छ ।

बाढीले कौडेना गाउँपालिका–२ र ३ मा रहेको हुलाकी सडक बगाउँदा दक्षिण–पश्चिम क्षेत्रमा रहेको गोडैता, बलरा नगरपालिका सहित रामनगर, बसबरिया, धनकौल गाउँपालिकाको सदरमुकाम मलंगवासँगको सिधा सम्पर्क टुटेको छ ।

यसैगरी, लखन्देही नदीले बाँध भत्काउँदा कौडेना–७ शिवनगर गाउँ र बलरा नगरपालिका–२ मा सयौं घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीको सहयोगमा प्रभावित परिवारलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

‘प्राथमिक उद्धारपछि बाढीग्रस्त क्षेत्रमा अहिले पनि राहत तथा उद्धार कार्य जारी छ,’ प्रहरी नायब उपरीक्षक सरोज राईले भने । उनका अनुसार जिल्लाभर बाढीले अत्यधिक क्षति पुर्‍याएको छ ।

प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले प्रभावित परिवारलाई अस्थायी राहत शिविरमा राख्ने तयारी भइरहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७