पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, दसैँमा घर हिँडेका यात्रुलाई सास्ती
काठमाडौं । सुख्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोका कारण गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पटक पटक पहिरो जाँदा पहिरो पन्छाउन सकिएको छैन ।
चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा पहिरो खस्दा शुक्रबार र शनिबार दुई दिन सवारी सञ्चालन पूर्णरुपमा रोकिएका थिए। त्यो पहिरो पन्छाएर सोमबार दिउँसोदेखि तुइन खोलामा दुईतर्फी नै सवारी सञ्चालन हुन थालेका थिए।
पटकपटक पहिरो खस्दा दसैँको बेला यात्रुले सास्ती पाएका छन्।
.gif)

.png)

