जलेका सामग्री पन्छाएर भैरहवा भन्सार सञ्चालनमा


२०८२ भदौ २७ शुक्रबार १०:११ बजे
भारतबाट ग्यास बोकेर आएका बुलेट नेपाल भित्रिँदै ।

भैरहवा । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ठप्प भएको रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा रहेको भन्सार कार्यालय आंशिक रूपमा सञ्चालनमा आएको छ।

शुक्रबार बिहानदेखि आवश्यकताका आधारमा भारतबाट एलपी ग्यास, तरकारी र फलफूल आयात भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख शिवलाल न्यौपानेले जानकारी दिए।

मुलुकको अवस्था हेरी थप आयात–निर्यातका काम अगाडि बढाउने उनले बताए। तोडफोड र आगजनीका कारण भैरहवा भन्सार कार्यालयका कम्प्युटर, दस्तावेज, फर्निचर जलेका कारण कागजी व्यवस्थापन गरेर सेवा सुरु गर्न लागिएको उनले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७