रास्वपाको उम्मेदवार डा. लेखजंग थापा नै ‘कायम’ 


२०८२ भदौ १७ मंगलबार १२:२१ बजे

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा. लेखजंग थापा नै रहने भएका छन् । सोमबार रास्वपा नेताहरूले थापाले एक श्रीमतीसँग सम्बन्ध विभेद गरेको प्रमाण सार्वजनिक नगरे उनको उम्मेदवारी रद्द गर्ने तयारी गरेका थिए । 

थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेपछि रास्वपाबाट रुपन्देही क्षेत्र नम्बर ३ को उम्मेदवार डा.लेखजंग थापा नै रहने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए । उनले सञ्चार माध्यमहरुसँग भनेका छन्, ‘उहाँको विकल्प खोजिँदैन । उहाँ सबै हिसाबले क्लियर हुनुहुन्छ भन्ने हामीलाई पहिला नै थाहा थियो ।’ 

थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् । डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गरेका हुन् ।

अदालती कागजात फेसबुकमार्फत् सार्वजनिक गर्दै थापाले लेखेका छन्, ‘परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो । र, त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हो ।’

लेखजंगकी पहिलो श्रीमती सुलोचना घिमिरेले बिएससी नर्सिङ गरेकी छन् । उनी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा कार्यरत छन् । लेखजंगकी कान्छी श्रीमती नुमा शर्मा काठमाडौं बस्छिन् ।

थापाकी पत्नी नुमाले दायर गरेको मुद्दामा २०७९ साल पुस २० गते आफूलाई खान–लगाउन केही पनि नदिई शारीरिक र मानसिक यातनासमेत दिई घरबाट निकालेको भन्दै मुद्दा दर्ता गरेकी थिइन् । यो मुद्दा परेपछि लेखजंगले कान्छी पत्नीसँग अदालतमै गएर २०७९ माघ १५ गते मिलापत्र गरेर सम्बन्धविच्छेद गरेको देखिन्छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७