अभिनयमा ‘डेब्यु’ गर्दै साइग्रेस 


२०८२ भदौ ३ मंगलबार १२:११ बजे

काठमाडौं । नेपाली चलचित्रमा पनि एक पछि अर्को नयाँ कलाकार थपिने क्रम बाक्लिएको छ । पछिल्लो समय सामाजिक सञ्जालबाट चर्चामा आएकाहरु समेत अभिनयमा लागिरहेका छन् । यसैबीच सामाजिक सञ्जालमा मिठो कथा वाचनबाट चिनिएका साइग्रेस पोखरेल पनि चलचित्रमा ‘डेब्यू’ गर्दैछन् । उनले चलचित्र ‘आ बाट आमा’ बाट अभिनय यात्रा सुरु गर्दैछन् । 

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा उनी कलाकारको रूपमा अनुबन्धित भइसकेका छन् । निर्माण पक्षले पोखरेललाई फिल्ममा अनुबन्ध गर्दै फिल्मको लाइनअप पुरा भएको जनाएको छ । 

चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथा रहेको फिल्म भदौ १२ गतेबाट छायाङ्कनमा निस्किँदै छ । त्यस कारण निर्माण पक्षले फिल्मको लागि कलाकार तथा प्राविधिक पक्षलाई धमाधम फिल्ममा अनुबन्ध गरेको हो ।

साइग्रेसलाई अनुबन्ध गर्नु केही दिनअघि यस फिल्मका लागि मोडल तथा अभिनेत्री उषा उप्रेतीलाई अनुबन्ध गरिएको थियो । अब यस फिल्ममा साइग्रेस, उषाका अलवा पल शाह, विपना थापा, दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता प्रदीप रावत लगायतको अभिनय रहने छ । 

कृष्णप्रसाद सुवेदीले निर्माण गर्न लागेको यस फिल्ममा ध्रुव न्यौपाने र प्रकाश कुँवरले पनि निर्माणमा साथ दिएका छन् । यसको कार्यकारी निर्मातामा करण सिंह हुन् भने सह निर्मातामा क्षितिज ढुङ्गाना रहेका छन्।  फिल्म आगामी वर्षको फागुन १५ गतेदेखि देशव्यापी रूपमा प्रदर्शनमा आउनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७