भूमि विधेयकको छलफल किन भयो दुई मिनेटमै स्थगित ?

आन्तरिक बैठकबाटै निस्किए मन्त्री अधिकारी


२०८२ श्रावण ३१ शनिबार १२:५९ बजे
फाइल फोटो

काठमाडौं । भूमिसम्बन्धी विधेयकको प्रतिवेदनलाई अन्तिम रूप दिन बोलाइएको बैठक दुई मिनेटमै स्थगित भएको छ। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक शनिबार बिहान साढे १० बजेका लागि बोलाइएको थियो ।  

बिहान साढे १० बजे वरिपरि नै सांसदहरू जम्मा भएका थिए । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी पनि समयमै उपस्थित भए । मन्त्री र सांसदहरु एक घण्टा आन्तरिक छलफलमा रहे ।

आन्तरिक छलफलबाटै भूमिमन्त्री अधिकारी बाहिरिए ।  भूमिमन्त्री बलाराम अधिकारी करिब एक घण्टा आन्तरिक छलफलमा रहेर निस्किए । बैठकको एजेण्डा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने थियो । 

समिति सभापति कुसुमदेवी थापाले विधेयकको प्रतिवेदन तयार भएको बताइन् । तर, आन्तरिक छलफलमा थप अध्ययन गर्न समय चाहिने उनले जानकारी दिइन् । थप अध्ययनपछि अर्को बैठक बस्ने उनको भनाइ छ । सभापति थापाले बैठक सुरु भएको दुई मिनेटमै स्थगित भएको जानकारी गराएकी थिइन् । 

हेर्नुस् परिमार्जित मस्यौदा

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७