हामी मलको समस्या नबुझ्ने कृषि मन्त्री नियुक्ति गर्छौ : सांसद खतिवडा


२०८२ श्रावण २९ बिहीबार १५:४२ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मलको समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्पराको विकास भएको बताएका छन् । आज (बिहीबार) बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै खतिवडाले यस्तो टिप्पणी गरेका हुन् ।

‘देशभर मलको हाहाकार छ, हामीले कृषिमन्त्री नियुक्ति गर्छौँ, कहिल्यै मलको समस्या नबुझ्ने खालका मन्त्रीहरू नियुक्ति गर्ने परम्पराको विकास भएको छ,’ उनले भने । उनले लम्पीस्किनलगायतका रोगकका कारण जनता पीडित रहेको उल्लेख गर्दै जिल्ला–जिल्लामा चिकित्सक र औषधिको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् ।

‘जनता पीडित छन्, लम्पीस्किन रोगले त्यस्तै देशभर सताएको छ । धेरै वस्तुभाउहरू मरिरहेका छन् । प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था होस् भनेर अनुरोध गर्न चाहन्छु,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७