माओवादीले भन्यो–प्रधानमन्त्रीले सांसदहरूको अपमान गर्नु भयो, सदनमा झुट बोल्नु भयो


२०८२ श्रावण २९ बिहीबार १४:५८ बजे
फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादीकी सांसद रेखा शर्माले हिजो प्रधानमन्त्री ओलीले सदनमा बोल्दा कामको प्रगति भन्दा पनि विपक्षीमाथि कटाक्ष गर्न धेरै समय खर्चिएको टिप्पणी गरिन् ।

उनले भनिन्, ‘बहुविवाहको कानुनलगायतको विषयमा उहाँले झुट अभिव्यक्ति दिनु भयो । सरकारले बहुविवाहलाई घुमाएर वैधता दिन खोजेको कुरा प्रष्ट विधेयकमा देखिन्छ । हामीले तथ्य र प्रमाणको आधारमा संसदमा बोल्दा उहाँले सामाजिक सञ्जालका लागि कन्टेन्ट निर्माण गर्ने थलो भनेर संसद् र सांसदलाई अपमान गर्नु भयो । त्यसकाप्रति म खेद प्रकट गर्छु ।’ उनले देशका प्रधानमन्त्रीले यति धेरै हल्का टिप्पणी गर्न नहुने बताइन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७