मल अभाव हुँदैन, एक लाख ४० हजार मेट्रिक टन आउँदैछ : प्रधानमन्त्री


२०८२ श्रावण २५ आइतबार २१:५७ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् ।

आज (आइतबार) सामाजिक सञ्जालमार्फत उनले सरकारले यस विषयमा विशेष ध्यान दिएको बताउँदै हालको मौज्दात र आउने क्रममा रहेको मलको विस्तृत विवरण सार्वजनिक गरेका छन् ।

कृषि मन्त्रालयबाट प्राप्त जानकारी उद्धृत गर्दै उनले हाल कृषि सामग्री कम्पनीसँग २९,१११ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनसँग १३,७१२ मेट्रिक टन गरी कुल ४२,८२३ मेट्रिक टन युरिया, डिएपी र पोटास मल मौज्दात रहेको बताए ।

यसका साथै, थप एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेकाले किसानलाई अभाव नहुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले कतै मलको अभाव महसुस भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन किसानहरूलाई अनुरोध गरेका छन् । उनले लेखेका छन्  ‘खेतबारी हराभरा बनाऔं !’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७