एक चीन नीतिबाट सरकार बुरुक्क उफ्रियो : मिनेन्द्र रिजाल

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भारतमाथि हुने आतंकवादी आक्रमण नेपालका लागि सह्य नहुने बताएका छन् । आज (आइतबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल कुनै पनि देशमाथि हुने आतंकवादी आक्रमणको विपक्षमा रहने बताए ।
उनले नेपालको भूमि आतंकवादी गतिविधिका लागि कहिल्यै पनि प्रयोग गर्न नदिइने स्पष्ट पारे । उनले नेपालले छिमेकी देश चीनसँग पनि एक चीन नीतिमा स्पष्ट रहेको बताए । उनले नेपालका केही सरकारले एक चीन नीतिबाट एक चीन सिद्धान्तकै रुपमा अघि बढाएको बताए ।
नेता रिजालले नेपालको हित चाहने कुनै पनि नेपालीले भारतसँगको सम्बन्धमा कुनै पनि सानो दरार आउने गरी कुनै सम्बन्ध राख्न नसक्ने जिकिर गरे । नेपाल र भारतको सम्बन्धको मूल्यमा कसैसँग पनि केही सम्बन्ध नहुने बताए ।
उनले एक चीन नीतिमा स्पष्ट रहेको बताए । उनले नेपालका केही सरकारले एक चीन नीतिलाई एक चीन सिद्धान्तकै रुपमा अघि बढाएकोमा आपत्ति जनाए । ‘एक चीन नीति...। अहिले त कुनै कुनै सरकारले एक चीन सिद्धान्त नै भनेका छन् नीतिबाट पनि बुरुक्कै उफ्रिएर,’ उनले भने, ‘कुनै पनि मित्र राष्ट्रको अहितका लागि भूमि प्रयोग हुन दिँदैनौं ।’