‘भ्वाइस किड्स–४’ को उपाधि सोनाली राजभण्डारीलाई


२०८२ श्रावण २५ आइतबार ०७:४१ बजे

काठमाडौं । बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन–४ को उपाधि सोनाली राजभण्डारीले जितेकी छन् ।

हिजो (शनिबार) राति भएको फिनालेमा कोच मेलिना टिमकी राजभण्डारीले उपाधि जितेकी हुन् । भोटका आधारमा उपाधि विजेता घोषणा गरिएको हो । 

विजेता बनेसँगै सोनालीले १० लाख रूपैयाँ नगद र अन्य पुरस्कार जितेकी छन् । उपाधिका लागि हरेक कोचको टिमबाट २-२ जना गरेर ८ जनाले फिनाले प्रतिस्पर्धा गरेका थिए । ‘द भ्वाइस किड्स’ मा यस पटक सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई कोच थिए ।

सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रदान गरे । जितपछि सोनालीले मिहेनत सफल भएको भन्दै खुशी व्यक्त गरिन् ।

आफ्नो टिमकी सोनालीले उपाधि चुमेपछि कोच मेलिनाले एकदमै खुशी लागेको बताइन् ।  उपाधिका लागि फिनालेमा ८ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेमा कोच खेम सेन्चुरीको समूहबाट दिलिजा रुवाली र आदर्श धितालले फाइनलिस्ट थिए ।

कोच मेलिना राईको समूहबाट सोनाली र नोरेन लोय क्षेत्री, कोच सत्यराज आचार्यको टिमबाट रिदम खड्का र स्मयन बजगाइँले प्रतिस्पर्धा गरे । कोच मिलन नेवारको समूहबाट आयन राई र निश्चल लिम्बु फाइनलिस्ट थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७