आदिललाई आठ वटै टिमको बोली, काठमाडौं गोर्खाज बन्यो भाग्यमानी


२०८२ श्रावण २४ शनिबार २१:०३ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका सबैको रोजाइमा परेका मोहम्मद आदिल अन्सारीलाई काठमाडौं गोर्खाजले गोला तानेर पाएको छ । 

शनिबार ललितपुरस्थित रोयल टुलिपमा भएको अक्सनमा ‘ए’ क्याटागोरीका आदिललाई प्रतियोगिताका आठ वटै टिमले उच्चतम मूल्य १५ लाखसम्म बोली लगाएका थिए । जसमा काठमाडौं भाग्यशाली बनेको छ । योसँगै आदिल जारी अक्सनमा आठ वटै टिमले बोली लगाउने पहिलो खेलाडी समेत बनेका छन् ।

आदिलले यसअघि ०७९ मा आयोजित नेपाल टी–२० खेलिसकेका छन् । तर, उक्त प्रतियोगितामा स्पट फिक्सिङको मुद्दा खेपेपछि उनी नेपाल क्रिकेट संघ (क्यान) बाट निलम्बनमा परेका थिए । अदातलबाट सफाई पाएपछि उनलाई क्यानले पनि निलम्बन फुकुवा गरेको थियो । 

दोस्रो संस्करणको एनपीएलको लागि भएको मिनि अक्सनबाट काठमाडौं गोर्खाजले आवश्यक खेलाडी खरिद गरेको छ। जारी अक्सनमा काठमाडौं खेलाडी पूरा गर्ने पहिलो टोली बनेको हो ।

मिनि अक्सनबाट काठमाडौंले थप ५ खेलाडी खरिद गरेको छ । क्याटगोरी ‘ए’ बाट आदिल अन्सरीलाई १५ लाख, क्याटगोरी ‘बी’ बाट सन्तोष यादवलाई १० लाख र आकाश त्रिपाठीलाई ७ लाख तथा क्याटगोरी ‘सी’ बाट तुलबहादुर थापालाई २ लाख र उत्तम रंगु थापा मगरलाई ३ लाखमा अनुबन्ध गरेको हो ।

यसअघि काठमाडौंले पहिलो सिजनका मार्की तथा कप्तान करण केसीसहित भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको थियो । काठमाडौंले एक नेपाली खेलाडी ट्यालेन्ट हन्टबाट भित्राउनेछ । भने ४ विदेशी खेलाडी टोलीमा अनुबन्ध गर्नेछ ।

टिम काठमाडौं
करण केसी (मार्की), भीम सार्की, दिपेश कँडेल, शाहब आलम, प्रतिक श्रेष्ठ, राशिद खान, आदिल अन्सरी, सन्तोष यादव, आकाश त्रिपाठी, तुलबहादुर थापा र उत्तम रंगु थापा मगर
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७