कैलाली कारागार झडप : यी हुन् एक मृत्तक र ४७ घाइते (नामावलीसहित)
घाइते एक जनालाई स्काई ट्रकबाट काठमाडौं लगिँदै

कैलाली । कैलाली कारागारमा भएको झडपमा घाइते भएकाहरूको विवरण सार्वजनिक भएको छ । शुक्रवार मध्यरातमा भएको घटनामा एक जनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
जसमध्ये दुई जनालाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिएका छन् । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । झडपमा घाइते एक जनालाई उपचारका लागि काठमाडौं लग्ने तयारी छ ।
नेपाली सेनाको स्काई ट्रकमार्फत गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।
स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो ।
घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म शव नउठाउने बताएका छन् । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो ।
यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो । कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनःशुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए ।
यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मत ऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एक सय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना छन् ।
यी हुन् घाइतेहरू
१. जनक देउवा–धनगढी–५ कैलाली
२. रोशन शाही–धनगढी– ५ कैलाली
३. जीवन खत्री–गोदावरी नगरपालिका–९ कैलाली
४. नविन नाथ–गौरीगङ्गा–७ कैलाली
५. शरद चौधरी–धनगढी–५ कैलाली
६. नरेश राना–धनगढी–१३ कैलाली
७. वसन्त खत्री–धनगढी–८ कैलाली
८. रामनिवास राना–धनगढी–१० कैलाली
९. कर्ण सलामी मगर–मोहन्याल–३, कैलाली
१०. अभिषेक चौधरी–घोडाघोडी–५ कैलाली
११. धिरज बम–बर्दगोरिया गाउँपालिका–१ कैलाली
१२. मेकेन्द्र गिरी–त्रिवेणी नगरपालिका–८ बाजुरा
१३. रन्जित सिंह–लखिमपुर कवेरी, भारत
१४. निरज जैशी–जानकी गाउँपालिका–९ कैलाली
१५. जगदिश राना–धनगढी–१० कैलाली
१६. हिमाल राना–धनगढी–८ कैलाली
१७. बल राना–धनगढी–५ कैलानी
१८. हर्क गिरी–धनगढी–१८ कैलाली
१९. जनक भण्डारी–लम्कीचुहा–१० कैलाली
२०. किशोर खडायत–भिमदत्त–८ कञ्चनपुर
२१. अमित भुल–टीकापुर–१ कैलाली
२२. कल्पेश विष्ट–टीकापुर–१ कैलाली
२३. दीपक खत्री–गोदावरी–१० कैलाली
२४. दिनेश साउद–लम्कीचुहा–१ कैलाली
२५. रवि चौधरी–धनगढी–४ कैलाली
२६. अङ्कित बानियाँ–पालिनन्दन–१ नवलपरासी
२७. सिद्धार्थ बडेला–गोदावरी–९ कैलाली
२८. बिवेक चौधरी–जोशीपुर–१ कैलाली
२९. मनिष चौधरी–कैलारी–८ कैलाली
३०. गौरब बम–शुक्लाफाँटा–८ कञ्चनपुर
३१. विवश चौधरी–घोडाघोडी–३ कैलाली
३२. शिव थापामगर–टीकापुर–१ कैलाली
३३. अर्जुन खड्का–धनगढी–१३ कैलाली
३४. पुष्पेन्द्र रानार–लखिमपुर खिरी वनगाउ भारत
३५. नरेन्द्र घरेडी–डिलासैनी गाउँपालिका–२ बैतडी
३६. देवेन्द्र सिंह–जानकी गाउँपालिका–२ कैलाली
३७. सन्जु दमाई–बर्दगोरीया–३ कैलाली
३८. वीरेन्द्र चौधरी–गोदावरी–१ कैलाली
३९. मानवीर चौधरी–धनगढी–८ कैलाली
४०. मिलन चन्द–धनगढी–५ कैलाली
४१. बीरबहादुर विष्ट
४२. आयुश भट्ट–गोदावरी–२ कैलाली
४३. एकेन्द्र भाट–धनगढी–६ कैलाली
४४. सुरेश राना–पुनर्वास–१ कञ्चनपुर
४५. पङ्कज चौधरी–धनगढी–२ कैलाली
४६. मिनबहादुर विष्ट–अमरगढी–४ डडेल्धुरा
४७. सुरेन्द्र बम–गोदावरी–८ कैलाली