नबिल बैंकको सीईओमा मनोजकुमार ज्ञवाली

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन्। बैंकको २२ गते बसेको सञ्चालक समितिको ६८औं बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो।
यसअगाडि बैंकको कार्यकारी प्रमुखमा ज्ञानेन्द्र ढुंगाना थिए। राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा सामेल हुन उनले बैंकको सीईओबाट राजीनामा दिएका थिए। त्योसँगै सञ्चालक समितिले ज्ञवालीलाई कामु सीईओको जिम्मा दिएको थियो । सञ्चालक समितिले बिहीबारबाटै लागू हुने गरी उनलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको कम्पनी सचिव भीष्म नेउपानेले जानकारी दिए।