सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा एक तोला सुनको भाउ दुई लाख नजिक पुगेको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार एक हजार रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
बिहीबार एक तोला सुन एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज एक तोला चाँदीको मूल्य २ हजार ३२५ रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला सुन २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।