सिन्धुलीका युवकको मिर्गौला निकालिएको घटनामा एक जना पक्राउ


२०८२ श्रावण २२ बिहीबार १०:१६ बजे

 काठमाडौं ।  सिन्धुलीको दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेललाई भारत लगेर मिर्गौला बिक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बुधबार राति काठमाडौंबाट एक जना आरोपितलाई पक्राउ गरेको र उनको परिचय खुल्न बाँकी रहेको ब्युरोका प्रवक्ता नरेन्द्र कुँवरले जानकारी दिए ।

अहिले सनाखत भइरहेको दिउँसोसम्ममा उनलाई सार्वजनिक गर्ने प्रवक्ता कुँवरले बताए । पोखरामा मजदुरी गर्ने भुजेलले आफूलाई अपरिचित व्यक्तिले जागिर लगाइदिने भन्दै भारत पुर्‍याएको बताएका छन् । 

त्यहाँ आफूलाई बेहोस बनाएर आफ्नो मिर्गौला झिकिएको उनको भनाइ छ । भुजेलका अनुसार नेपाल आएपछि मात्रै उनले मिर्गौला झिकिएको थाहा पाएका  थिए ।  भुजेल परिवारले गत सोमबार भुजेल परिवारले प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई भारत पुर्‍याउनेको खोजी शुरू गरेको थियो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७