मनसुनमा किन पिउने पुदिनाको चिया ?


२०८२ श्रावण २२ बिहीबार ०७:५४ बजे

काठमाडौं । मनसुनको मुसलधारे पानी, माटोको मिठो सुगन्ध र एक कप तातो चिया यी तीनै मिल्यो भने मौसम झनै रमाइलो हुन्छ ।

तर, यदि तपाईले यो चियामा पुदिनाको स्वाद मिसाउनु भयो भने स्वाद मात्र बढ्दैन्, स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउँछ । विशेष गरी मनसुनमा पुदिनाको चिया सेवन गर्नाले धेरै मौसमी रोगहरुबाट बच्न सकिन्छ । आखिर कसरी ? पूरा विवरण जान्नुहोस् ।

पाचन सुधार
मनसुनमा प्रायः मानिसलाई अपच, ग्याँस र पेट दुख्ने समस्या हुन्छ । यस्ता समस्या हटाउन पुदिनाको चिया निकै प्रभावकारी हुन्छ ।

रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि

पुदिनामा पाइने एन्टिअक्सिडेन्ट र भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जसले गर्दा रुघाखोकी र भाइरल ज्वरोबाट बचाउँछ ।

टाउको दुखाइ र तनाव राहत
पुदिना एक प्राकृतिक आराम छ । यसको चिया पिउनाले माइग्रेन र मनसुनको टाउको दुखाईबाट राहत मिल्छ ।
छालालाई फाइदा

मनसुनमा छालामा दाग र एलर्जीको समस्या सामान्य हुन्छ । पुदिनाले शरीरबाट विषाक्त तत्वहरू हटाउन मद्दत गर्छ, जसले छालालाई स्वस्थ राख्छ ।

सास फेर्न सजिलो
पुदिनाको चिया साइनस वा एलर्जीको समस्या भएका मानिसहरूका लागि धेरै फाइदाजनक हुन्छ । यसले नाकको भाग खोल्न मद्दत गर्छ।

कहिले र कसरी उपभोग गर्ने ?

पुदिनाको चिया बिहान खाली पेटमा वा बेलुकी खाजासँगै खाँदा बढी फाइदा हुन्छ । दिनमा एक पटक यसको सेवन पर्याप्त छ । चिया बनाउन पुदिनाको ताजा पात उमालेर त्यसमा अदुवा र कागती मिसाएर स्वाद र गुणस्तर दुवै बढाउँछ।

यी कुराहरुलाई ध्यानमा राख्नुहोस् 

पुदिनाको चिया धेरै पिउनाले एसिडिटी हुन सक्छ ।
गर्भवती महिला र औषधि सेवन गर्ने व्यक्तिले चिकित्सकको सल्लाह लिएर मात्र सेवन गर्नुपर्छ ।
यदि तपाई मनसुन सिजनमा स्वस्थ र स्वादिष्ट विकल्प खोज्दै हुनुहुन्छ भने पुदिनाको चिया तपाईको लागि उत्कृष्ट विकल्प हुन सक्छ । यसले रोगबाट बचाउने मात्र नभई शरीर र दिमागलाई पनि ताजा बनाउँछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७