थापा एसपी र अधिकारी डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुई–दुई अधिकारीलाई बढुवा गर्न सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न दुई जना प्रहरी अधिकारीलाई सिफारिस गरेको हो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेषण तथा योजना शाखा महाराजगंजमा कार्यरत डीएसपी वीरेन्द्र थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत इन्स्पेक्टर राजु अधिकारीलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।