कक्षा १२ को नतिजा आज सार्वजनिक गरिंदै


२०८२ श्रावण १९ सोमबार १४:३० बजे

काठमाडौं । कक्षा १२ को नतिजा आज (सोमबार) सार्वजनिक गर्ने तयारी भएको छ । नतिजा सार्वजनिक गर्नका लागि आजै साँझ ५ बजेका लागि परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । हिजो (आइतबार) नतिजा सार्वजनिकको डेमो गरिएको थियो । ‘हिजो डेमो गरिएको थियो । आज नतिजा सार्वजनिक गर्ने तयारी गरिएको हो,’ स्रोतले भन्यो ।

क्यालेन्डर अनुसार १५ साउनभित्र नतिजा सार्वजनि हुनुपर्ने हो । तर, गत २० चैतदेखि २९ दिन लामो शिक्षकहरूले आन्दोलन गरेका कारण नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । गत ११ वैशाखका लागि तय भएको परीक्षा आन्दोलनका कारण २१ वैशाखदेखि भएको थियो । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७