एमालेले माग्यो बहुविवाहलाई छुट दिने प्रस्तावित कानुनबारे मन्त्रीको जवाफ


२०८२ श्रावण १९ सोमबार १४:२५ बजे

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेकै सांसदले हालै सार्वजनिक भएको मुलुकी देवानी (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनबारे मन्त्रीको जवाफ मागेकी छन् ।

प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा आकस्मिक समयमा सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेकी सचेतक सुनिता बरालले सो विषयमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजय चौरसियाले  जवाफ दिनुपर्ने बताएकी हुन् ।  त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कानुनमन्त्री चौधरीले प्रस्तावित कानुनमा के राख्न खोजिएको हो, जवाफ दिन माग गरेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७