यी प्रदेशमा भारी बर्षाको सम्भावना


२०८२ श्रावण १९ सोमबार ०६:३५ बजे

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ सरेको छ । त्यो भनेको पानी पार्ने प्रणाल नेपालको तराई नजिक अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (सोमबार) बिहान मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । अन्य प्रदेशका पनि तराईका भूभागमा पानी परिरहेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

साथै सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

सोमबार राति देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा राति भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७