दीपकराजको व्यङ्ग्य : लौ न मन्त्रीहरूलाई घुस कसरी खाने, तालिम दिनुपर्‍यो !


२०८२ श्रावण १ बिहीबार १४:२६ बजे
फाइल फोटो

काठमाडौं । कलाकार दीपकराज गिरीले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि कडा व्यङ्ग्य प्रहार गरेका छन् । उनले मन्त्रीहरूलाई घुस खानका लागि तालिम दिनुपर्ने भन्दै व्यङ्ग्य कसेका हुन् । ‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो । घुस खान पो रोक्न सकिन्न त, समाचार त रोक्नु पर्‍यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला,’ गिरीले फेसबुकमा लेखेका छन् ।

भर्खरै संघीय मामिला तथा समान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुसबापत पैसा लिएको विषयहरू सार्वजनिक भइरहेका छन् । गुप्ताले राजीनामा समेत दिइसकेका छन् भने अधिकारी पनि विवादित बनेका छन् । यसैप्रति व्यङ्ग्य गर्दै गिरीले उनीहरूलाई घुस खान सिकाउनु पर्ने भन्दै टिप्पणी गरेका हुन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७