प्रचण्डलाई ओलीको जवाफ : फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुुस्


२०८२ असार ३० सोमबार १६:५३ बजे

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोधेको प्रश्नको उत्तर प्रधानमन्त्री ओलीले फेसबुकमार्फत दिएका हुन् । 

प्रचण्डले ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । आफ्नो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरेको प्रचण्डले बताएका थिए । ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि प्रश्न उठाएका थिए ।

उनले भनेका थिए, ‘जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ?’ ओलीले जवाफमा भनेका छन्, ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।’

त्यस्तै आफू प्रधानमन्त्री हुँदा प्रचण्डले कुनै पनि टाइमलाइन नतोकेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ उनले भनेका छन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७