बालुवाटारमा मन्त्रिपरिषद बैठक, विवादित मन्त्री पनि सहभागी


२०८२ असार ३० सोमबार १९:५४ बजे

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले बताएका छ । बैठकमा घुस डिल प्रकरणमा विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् । उनले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बर्खास्त गर्न चौतर्फी माग उठेको छ ।

तर, प्रधानमन्त्रीले यसमा एक्सन लिएका छैनन् । मन्त्री गुप्ता स्वयंले पनि राजीनामा दिएका छैनन् । सोमबारको बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतः मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७