दलाल पुँजीपति र विचौलियाबाहेक तपाईंहरुसँग को खुसी छ ?
कथित दुई दलको अहंकारले सार्वभौम संसदलाई समेत विचौलियाहरुको खेलमैदान बनाइएको छ । यो देश र जनताका लागि दुर्भाग्यपूर्ण र खेदजनक छ ।

यतिखेर बाढी र पहिरोका कारण रसुवालगायत देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। केही वर्षका प्राकृतिक विपद्का घटना हेर्दा हाम्रो हिमालय पर्यावरणीय विष्फोटको क्षेत्रजस्तो बन्दै गएको छ। तसर्थ, हिमताल फुटेर आउने बाढी(पहिरोको जोखिम रोकथाम गर्न, नदीहरु थुनिएर अतिरिक्त जलप्रवाह हुने स्थिति बन्न नदिन, हिमाली पर्यावरणको व्यवस्थापन र जोखिम न्यूनीकरण गर्न अन्तर्देशीय सूचना प्रणाली तथा अन्तर्राष्ट्रिय समझदारी र सहकार्य तीव्र पारिनुपर्ने भएको छ। गत वर्ष राजधानीकै मुटुमै चार घण्टासम्म उद्धार नपाएर केही नागरिकले ज्यानु गुमाउनुपर्ने अवस्था रह्यो ।
मौसमविद्हरुले यसवर्ष पनि बढी वर्षा हुनसक्ने अनुमान गरेको परिप्रेक्ष्यमा विगतका अनुभवबाट पाठ सिकेर थप क्षति हुन नदिन, विपद् प्रतिकार्यलाई सशक्त बनाउने तयारीमा जुटन सरकारसमक्ष विशेष आग्रह गर्दछु । विपद् व्यवस्थापनमा सामूहिक प्रयासको आवश्यकता पर्दछ । हाम्रो दल र योसँग सम्बन्धित जनवर्गीय संगठन सक्रियरुपमा विपदग्रस्त क्षेत्रमा खटिएका छन्।
विपद प्रतिकार्यमा सहभागी सबैलाई धन्यवाद दिन चाहन्छु र प्राकृतिक विपदामा ज्यान गएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्न चाहन्छु। त्यसैगरी हिजोमात्रै सुदूरपश्चिमको कञ्चनपुरमा छाउगोठमा एकजना महिलाको मृत्यु भएको घटना स्मरण गर्दै मृतकप्रति श्रद्धा र यो प्रथाको अन्त्यका लागि हामी सबैले र विशेष गरी सरकारले सांस्कृतिक अभियान चलाउनुपर्ने आवश्यकताप्रति पनि गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु।
संसद विचौलियाहरुको खेलमैदान
आज देश बहुआयामिक संकटको स्थितिबाट गुज्रिरहेको छ । केही दिन अघिमात्रै मैले विस्तृत शान्ति सम्झौता हस्ताक्षारकर्ता हामी सबैका अभिभावक गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्मजयन्तीका अवसरमा भनेको थिएँ, र आज फेरि यहाँ सबै माननीयहरुसँग पनि दोहोर्याउन चाहन्छु, हामीले विस्तृत शान्ति सम्झौता गर्ने बेला नेपाली समाजको जस्तो परिकल्पना र जनतासँग जे जस्ता वाचा गरेका थियौं, त्यो दिशामा गइरहेका छौं ? के साँच्चै विस्तृत शान्ति सम्झौता गर्दा जे सपना देखेका थियौं, हामी त्यहीँ दिशामा अगाडि बढिरहेका छौं ?
हामीले संविधानसभामा घनिभूत बहसको बीचबाट संविधान निर्माण गर्दा जे प्रतिबद्धता गरेका थियौं, त्यहीँ दिशामा गइरहेका छौं रु आज सर्वत्र व्याप्त भ्रष्टाचार, अराजकता र बेथितिले देश हाम्रो प्रतिवद्धता र सपना विपरित अगाडि बढेको देखिन्छ। गम्भीर समीक्षासहित सच्चिनका लागि कठोर निर्णय नगर्ने हो भने परिस्थिति विष्फोटक बन्ने देखिन्छ।
लोकतन्त्र बलियो बनाउने पहिलो शर्तका रुपमा सुशासनमा जोड दिनुपर्ने, सार्वजनिक सेवा प्रवाहमा सहज पहुँच स्थापित गर्न सरकारको तत्परता देखिनुपर्ने हो। समाजमा पछाडि पारिएका उपेक्षित उत्पीडत वर्ग, जाति र समुदायका लागि राज्यबाट विशेष संरक्षणमुखी नीति र कार्यक्रम लागू गरिनुपर्ने, संघीयता बलियो बनाउन त्यहीँअनुरुप कानुन निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने हो। हामीले सुशासनसहित लोकतन्त्रको संरक्षण, सामाजिक न्यायको प्रत्याभूति र आर्थिक समृद्धिको प्रतिबद्धता गरेर शान्ति सम्झौता र संविधान निर्माण गरेका हौँ। आज संसद् र संसदीय समितिहरू कसरी चलेका छन् रु हामीले अनुभूति गरेकै छौँ।
हजारौं पेशाकर्मी शिक्षकहरुसँगको सहमति पालना नगरी विद्यालय शिक्षा विधेयकलाई विचौलियाको हितमा बन्धक बनाइँदै छ। संवैधानिक निकायमा राजनीतिक भागबन्डा, अदालतमा आफ्ना मान्छे र संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका रातारात विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी गरेर कस्तो शासनको अभ्यास गरिँदै छ रु हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाइन्छन्।
यसप्रकारका नेपाली जनतालाई लज्जित बनाएको छ। दुई ठूला दल मिल्दा जे पनि हुन्छ भन्ने निरंकुशतावादी सोँच बोकेर संसदको जसरी हुर्मत लिइएको छ । र कथित दुई दलको अहंकारले सार्वभौम संसदलाई समेत विचौलियाहरुको खेलमैदान बनाइएको छ । यो देश र जनताका लागि दुर्भाग्यपूर्ण र खेदजनक छ ।
गत साल यस सम्मानित संसदमा विश्वासको मत लिने क्रममा मैले विस्तारपूर्वक वर्तमान सरकार किन बन्यो, कसका लागि बन्यो र कसको स्वार्थपूर्ति गर्नेछ भनेर चर्चा गरेको थिएँ । त्यतिखेर मैले यो सरकार सुशासनको डरले बनेको हो भनेर टिप्पणी गर्दा या यो सरकार विचौलियाको स्वार्थ पूर्ति गर्न बनेको भन्दै गर्दा मेरो अभिव्यक्तिलाई सत्ता छोड्नुपर्दाको छटपटी भनेर कतिपयबाट सतही टिप्पणी समेत गरियो। प्रधानमन्त्री ज्यूले त 'यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइ छ भन्ने सबैमा हेक्का रहोस्' भन्दै चेतावनी समेत दिनुभयो ।
तर, आज एकवर्षपछि सरकारले गरेका काम(कारबाही हेर्दा, त्यतिबेला मैले सरकारबारे गरेको टिप्पणी अब मेरो मात्रै रहेन। यो एकवर्षमा सरकार जसरी प्रस्तुत भयो, संख्याको दम्भमा जसरी कुशासनका पहाड ठडिए, जसरी दलाल, विचौलियाहरुका पक्षमा सरकार नतमस्तक बन्यो। सरकार आज दलाल र विचौलियाको स्वार्थपूर्तिमा छ भन्ने कुरा आमनागरिक र सत्तारुढ दलकै नेता कार्यकर्ताको समेत भाष्य बन्न पुगेको छ।
प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाको पहुँच छ भन्ने कुरा आमजनतालाई थाहा भएको छ। संसदीय समितिबाट पारित भएका विधेयकमाथि विचौलियाले चलखेल गरे भनेर सत्तारुढ दलकै जिम्मेवार पदाधिकारीले भनिरहेका छन्। सरकारमै रहेका पार्टीका नेताले गठबन्धनको औचित्य पुष्टि गर्न माग गरेका छन् ।
आम नागरिकका भाषामा पनि संख्याको बलमा टिकेको त छ तर त्यहाँ जनभरोसा छैन् । सरकार विचौलियाको आदेशपालक बन्न पुगेको छ। मैले गरेको वस्तुसम्मत टिप्पणीको प्रतिवाद गर्न बडो गर्वका साथ सात बुँदे सहमति र त्यसलाई कार्यान्वयन गर्ने भन्दै तपाईंहरुले गठन गरेको संयन्त्र नै अहिले संकटमा छ ।
यथार्थ के हो भने, तपाईंहरुले जे, जस्ता तर्क दिएर सरकार बनाएको भएपनि त्यसपछाडि रहेको निहित स्वार्थ लोकले नै लाज मान्ने गरी उदांगो भइसकेको छ। अब मैले आरोप लगाइरहनु पर्दैन, दलाल र बिचौलियाहरुको स्वार्थ पूरा नहुँदा, रातारात अर्बौंको चलखेल हुने परिस्थिति उल्ट्याउन खोज्दा, सेटिङ भत्काउन खोज्दा, तपाईंहरुको अप्राकतिक गठबन्धन बनेको हो भन्ने कुरा तपाईंहरुले नै पुष्टि गर्नु भएको छ।
अहिले आएर एकपछि अर्को गरी हालसम्म सुशासन कायम गर्न सक्षम देखिएका नियामक संस्थालाई पनि विचौलियाहरुकै तजबिजमा भ्रष्टीकरणतिर लगेको देखिएको छ। त्यस्ता संस्थाहरुको प्रमुखको नियुक्तिमा भएको चलखेल, हाकाहाकी भएको कमिसन डिल र विचौलियाहरुकै इशारामा अघि बढाइएका कार्यहबाट यो सरकारको उद्देश्य र चरित्र अझ प्रष्ट हुन गएको छ ।
धितोपत्र बोर्डदेखि जग्गा काण्डहरू, भुटानी शरणार्थी काण्डदेखि मेरिटोक्रेसी भत्काउनेसम्म, विद्युत बक्यौता नतिर्नेहरुलाई चोख्याउनेदेखि भूमाफियाहरुलाई कानुनी संरक्षण गर्नेसम्म, सरुवा र नियुक्तिमा मन्त्रीहरुबाटै लाखौंका डील भएका विषय सार्वजनिक हुँदासम्म र दलालहरुको स्वार्थपूर्ति गर्नेगरी बजेट ल्याइँदा सम्मका दर्जनौं तथ्यहरुले मैले भनेकै कुरा प्रमाणित गरेको छ।
अहिले फेरी नयाँ स्टक एक्सचेन्जका लागि निकै ठूलो चलखेल भइरहेको छ । के सरकार अहिलेको प्रक्रिया रद्द गरी लाइसेन्स लिन चाहने इच्छुकहरुलाई निर्धारित मापदण्ड र विधिसम्म तरिकाले प्रक्रिया अघि बढाएर भ्रष्टाचार रोक्न तयार छ रु यसैगरी विगतमा प्रधानमन्त्रीकै पार्टीले सडकमा आन्दोलन गरेर रोकएको सुरक्षा निकायको हतियार किन्ने प्रक्रिया अहिले आएर कसको स्वार्थमा अघि बढाउन खोज्नु भएको छ ?
अहिले आएर एकपछि अर्को गरी सुशासन कायम गर्न सक्षम देखिएका नियामक संस्थाहरुलाई पनि विचौलियाहरुकै तजबिीजमा भ्रष्टीकरणतिर लगेको देखिएको छ । त्यस्ता संस्थाहरुको प्रमुखको नियुक्तिमा भएको चलखेल, हाकाहाकी भएको कमिसशन डिल र विचौलियाहरुकै इशारामा अघि बढाइएका कार्यहरुबाट यो सरकारको उद्देश्य र चरित्र अझ प्रष्ट हुन गएको छ ।
आज एकवर्षपछि म प्रश्न गर्न चाहान्छु, के तपाईंहरु अझै पनि यो अप्राकृतिक गठबन्धनको औचित्य पुष्टि गर्ने ठाउँमा हुनुहुन्छ रु के अझैपनि सरकारसँग जनताको भरोसा र नैतिक धरातल छ भन्ने ठान्नु भएको छ ।
म सोध्न चाहन्छु, राज्यको श्रोत र साधन दोहन गर्न पाइरहेका सीमित दलाल पूँजिपति र विचौलियाबाहेक तपाईंहरुसँग को खुसी छ ? पचासौं हजार शिक्षकहरु सडकमा उत्रिए, हजारौं निजामति राष्ट्रसेवकहरुले कार्यालय ठप्प पार्ने चेतावनी दिइरहेका छन् ।
चिकित्सकहरू बारम्बार सडकमा आउने अवस्था बनेको छ । सहकारी पीडितको आक्रोश र पीडा उस्तै छ। मीटरब्याज पीडितका समस्या झनै पीडित भइरहेका छन् । भ्रष्टाचारीहरूलाई चोख्याइँदै छ, नागरिक संस्था र समूहमा आक्रोस र असन्तुष्टि छ। जनतामा झन निराशा बढाउने काम हुँदै छ । यो सबै तपाईहरुकै कारणले हो ।
आज एकवर्षपछि म प्रश्न गर्न चाहन्छु – यो एक वर्षमा कसको विश्वास जित्नुभयो प्रधानमन्त्री ज्यू रु कुन चाहिँ वर्गका मानिस खुसी छन् रु सरकारका गतिविधिले कसले पाउँदैछ लाभ रु जनताको त कुरै छोडौँ सरकारका गतिविधि र नेतृत्वको प्रवृतिले तपाईंहरुकै कार्यकर्ता समेत सरकारसँग सन्तुष्ट हुन सकिरहेका छैनन् ।
कांग्रेस पनि 'स्वर्ग र नर्ककै गोलचक्करुको पासोमा फस्यो'
म माननीयहरुलाई स्मरण गराउन चाहन्छु, गत वर्ष असार २८ गते यस सम्मानीत सदनमा विश्वासको मत लिँदै गर्दा मैले अलोकतान्त्रिक गठबन्धनले प्रतिगमन र निरंकुशतालाई नै प्रश्रय दिने चिन्ता व्यक्त गरेको थिएँ ।
गठबन्धन बन्ने परिस्थिति र सरकारको नेतृत्वको प्रवृति हेरेर मैले त्यतिबेलै भनेको थिएँ, हजारौँ योद्धाहरुको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रमा संकट चिहानमा मिल्काइएका पात्र र प्रवृतिबाट छैन, यदि संकट आउँछ भने यही सरकारको रवैयाबाट आउनेछ ।
त्यसैले प्रचण्डसँगको रिस लोकतन्त्रसँग नलिनुहोला भनेर वर्षदिन अघि नै मैले भनेको थिएँ । सामान्यतः लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउँदैनन्। अप्राकृतिक रुपमा बन्ने यस्ता गठबन्धनले निरंकुशता र स्वेच्छाचारिता बढाउने र लोकतन्त्रलाई नै कमजोर बनाएका कैयन उदाहरण रहेको कुरा मैले स्मरण गराएको थिएँ।
तर बिडम्बना, यी उदाहरणहरुमा तपाईंहरु पनि थपिनु भयो । सरकारका गतिविधिले देशलाई त्यही विन्दुतिर धकेल्दै छ। तपाईंहरुकै कुशासनको परिणामस्वरुप मैले एकवर्ष अगाडि प्रकट गरेको चिन्ता केही समयअघि तीनकुने र देशका विभिन्न भागमा भएका प्रतिगामी हर्कतका रुपमा देखा पर्यो । यही कारण व्यवस्था र प्रणालीमाथि नै प्रश्न उठाउनेहरु सक्रिय बने । त्यस प्रकारको प्रतिगामी उद्दण्डताको सशक्त प्रतिवाद प्रतिपक्षीहरुको तर्फबाट हामीले गर्यौं ।
राष्ट्रिय राजनीतिमा सबै दलको सन्तुलन खोज्ने, राष्ट्रपतिदेखि उपसभामुखसम्म सबैमा एउटै दलको एकाधिकार र एकलौटी तानाशाहीकरणको साटो सबै दलको प्रतिनिधित्व खोज्ने मरो सकारात्मक प्रयास तपाईंहरुका लागि अस्थिरता हुन सक्ला, यसमा मेरो भन्नु केही छैन। तर, तपाईंहरु अहिले जुन कोर्समा हुनुहुन्छ, त्यसले यो एकवर्षमा तपाईंहरुको ग्राफ कति बढ्यो या घट्यो भन्ने मूल्यांकन पक्कै गर्नु भएकै होला।
हिजो लोकतन्त्रको आन्दोलनलाई बयलगाडा भनिरहँदा या पटक-पटक संसद् विघटनका श्रृंखला हेर्दाखेरी प्रतिगमनकारीहरु सल्बलाउँदा या व्यवस्थामाथि प्रश्न उठ्दा सरकारको नेतृत्वलाई भित्रैबाट चिन्ता लाग्छ भनेर पत्याउन सकिने आधार देखिँदैन।
संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस । एकपछि अर्को स्वेच्छारिताका श्रृंखलाहरु जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करुको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।
बन्यो त प्याराफिट ?
अघिल्लो सरकारले थालेका कामबाट सिर्जित परिणामबाहेक सरकारले कुनै पनि काम नगर्दा यो एक वर्ष अर्थतन्त्रको लागि अवसर खेर फालिएको वर्ष हुन पुगेको छ । रोजगारीको अवसर नपाएका युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेकोले रेमिटेन्स पनि बढेको देखिएको हो । आर्थिक शिथिलताले मागमा कमी आएको कारण मुद्रास्फीति न्यूनस्तरमा रहेको छ । तर, सरकारले यिनै तथ्याङ्क देखाएर अर्थतन्त्रमा ठूलो सुधार ल्याएको दाबी गर्ने गरेको छ । सरकारको कुन कार्यले रेमिटेन्स बढेको हो वा मुद्रास्फीतिमा कमी आएको हो रु अर्थतन्त्रको वास्तविक क्षेत्रका अन्य परिसूचकहरुको हालत के छ ?
ब्याजदर न्यूनस्तरमा झर्दा पनि कर्जा प्रवाह हुन नसकेर बैंकहरुमा रु। ६.७ खर्ब थुप्रिएको छ । हाम्रोजस्तो स्रोत-साधन सीमित रहेको देशमा यति ठूलो रकम प्रयोगविहीन अवस्थामा रहनु भनेको सरकार र सम्बन्धित निकायहरुको अकर्मण्यताको परिणाम हो ।
सरकारका पछिल्ला नीतिले ब्याजदर अझ तल झर्ने, बचत निरुत्साहित भइ निक्षेप घट्ने, पुँजी पलायन हुने, न्यून प्रतिफलका परियोजनामा लगानी हुने र यसको परिणामस्वरुप अर्थतन्त्रले अझ अप्ठेरो अवस्था भोग्नुपर्ने जोखिम देखिएको छ। अर्कोतर्फ सरकारले घरजग्गा व्यवसाय र सेयर बजारमा उछाल ल्याउनुलाई नै प्रमुख उद्देश्य बनाएर उत्पादन र रोजगारी बढाउने तथा दिगो विकासका आधार तयार गर्ने कार्यहरुलाई बिर्सेको छ।
म एउटा उदाहरण दिन चाहन्छु, मेरो नेतृत्वको सरकारले कीर्तिपुरमा रहेको क्रिकेट रंगशाला निर्माणको काम अघि बढायो। फ्लड लाइट जडान गर्न ठेक्का पनि भयो । तर, त्यही बेला हामी बाहिरिनु पर्यो। अनि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेपछि उहाँले प्रतिष्ठाकै विषय बनाउँदै पहिलो निर्णय नै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नुभयो। तर, आज एक वर्ष बित्यो, जोडियो त फ्लडलाइट रु बन्यो त प्याराफिट ?
राष्ट्रीय गौरवका आयोजनाहरुको प्रगति दयनीय छ । अस्ती २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा स्वयम् प्रधानमन्त्री ज्यूले प्रगतिअवस्था देख्नुभयो होला। सुनकोशी मरिनको बाँकी ठेक्कादेखि महाकाली करिडोरको अवस्था बुझ्नुभयो होला । घोषणा भएका ५ वटा आयोजना सुरु नै हुन सकेको जानकारी पाउनुभयो होला। अधिकांश आयोजनामा ५० प्रतिशत भन्दा बढी प्रगति भएको छैन । कतिपय त १० प्रतिशत पनि पुगेका छैनन् ।
लागत खर्च बढेको बढ्यै छ । मेरो प्रश्न के हो भने यो एक वर्षमा, यी आयोजनाहरुको काम अघि बढाउन सरकारले के प्रयास गर्यो रु एक वर्षपछि बैठक राखेर प्रधानमन्त्रीले निर्देशन दिँदैमा काम अघि बढ्छ रु योजनावद्ध ढंगले सघन अनुगमनसहित सरकारले पहलकदमी लिनुपर्दैंनर्थ्यो रु जबकी हामीले नियिमत रुपमा यी आयोजनाहरुको भर्चुअल अनुगमन, फिल्ड अनुगमन र समस्या फुकाउन सघन छलफलको परम्परा बसालेका थियौं। तर, यो तपाईंहरूको प्राथमिकतामा परेन।
यो पछिल्लो ११ महिनामा वैदेशिक रोजगारीका जाने युवा बढे कि घटेरु पछिल्ला तथ्यांकले भन्छ– घटेनन् । बरु अघिल्लो वर्षको तुलनामा ७७ हजार ८ सय भन्दा बढी युवा विदेशिने लर्कोमा थपिए। र विदेशिने युवा बढेपनि रेमिट्यान्समा भने तुलनात्मकरुपमा घटेको तथ्यांकले देखाउँछ ।
प्रधानमन्त्रीजीको एउटा गज्जबको बानी छ( कुनै तयारी र काम नहुँदै जस लिइहाल्नु पर्ने। आयोजना सुरु नहुँदै उद्घाटन गरिहाल्नुपर्ने। ताम्रपत्र, शिलापत्रमा नाम कुँदाइहाल्नु पर्ने। काम नभएपनि प्रचार गरिहाल्नुपर्ने । तर, यी तथ्यहरुले के भन्छ ? राष्ट्रिय गौरवका आयोजनामा यो एकवर्षमा भएको प्रगति हेर्नुभएको छ रु हेर्नुहोला अनि बल्ल भन्नुहोला, जस पाउने काम कति गर्नुभएको छ ।
अनि सुशासनका मानकहरुको तुलना गर्नुहोला । यो एक वर्षमा तीनवटै तहका सरकारबीच के कति समन्वय गर्नुभयो रु विकास परिषददेखि अन्य संरचनाहरुको बैठक र विगतका के कति निर्णय कार्यान्व्यन गर्नुभयो रु कार्य(विस्तृतिकरण प्रतिवेदन कहाँ राख्नुभएको छ रु त्रिभुवन विश्वविद्यालयबाट सुरु भएको मेरिटोक्रेसी कहाँ पुर्याउनुभयो रु हामीले बालुवाटारको साटो मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा डाकेर राष्ट्रिय हितका पक्षमा कति निर्णय गर्नुभयो ?
प्रतिशोधमा विश्व रेकर्ड
समयमा नै मलखाद उपलब्ध नहुँदा किसानहरु मर्कामा छन् । रोपाईँको समयमा पनि सरकारले मलखाद वितरण गर्न सकेको छैन । मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल वितरण सुनिश्चित गर्दै चालु आर्थिक वर्षका लागि ५ लाख ५० हजार टन मल आपूर्ति गर्न करिब २७ अर्ब ९७ करोड रकम बजेटमार्फत सुनिश्चित गरेको थियो। तर, आज असार सकिनै लाग्दा समेत किसानको खेतमा मल पुगेको छैन। वितरण त परको कुरा हो, अहिलेसम्म सरकारले २ लाख मेट्रीक टनभन्दा बढी मल आयात नै गर्न सकेको छैन । म सरकारलाई सोध्न चाहन्छु, आयात भएको भनिएको मल पनि कहाँ गयो ?
मल वितरणमा शक्ति र पहुँचको आधारमा पक्षपात हुँदै आएको छ । यो परिपाटी भत्काइयोस् । उखु किसानको वक्यौता त पर को कुरा, सरकारले अनुदान नै आधा घटाएको छ । यसमा पुनर्विचार गरियोस् । पर्याप्त सिँचाईँ र वर्षा नहुँदा देशको अन्नभूमि तराई मधेशमा धानका बेर्ना सुकिरहेको र रोपाईँ भएको धानबाली पनि सुकिरहेको स्थिति छ । किसानका लागि कृषि मीटर रोकि राखिएको छ । विद्युत उपलब्ध भएको छैन । किसानलाई तत्काल कृषि मीटर उपलब्ध गराउन, आवश्यक विद्युत आपूर्ति गर्न, सिँचाईको प्रबन्ध मिलाउन र राहत व्यवस्था गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । हिजोमात्रै एकजना किशोरीको छाउगोठमा मृत्यु भयो। मृतकप्रति समवेदना व्यक्त गर्दै छाउपडीविरुद्ध राष्ट्रीय अभियान सुरु गर्न सरकारसँग माग गर्दछु।
मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा ५ लाख भूमिहीन सुकुमवासीलाई जग्गा धनी प्रमाणपत्र दिने गरी गृहकार्य गरिएको थियो । तर दुई तिहाईको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी परिवर्तन गर्नुबाहेक सिन्को समेत भाँच्न सकेन । भूमिहीनलाई जग्गा स्वामित्वका लागि सघन प्रयास गरिनुपर्नेमा सरकारका मन्त्रीहरू सरुवा तथा भूमिहीनका लागि स्थापना भएको आयोगको पदाधिकारी चयन गर्न समेत विचौलियासँग लाखौंको डील गरिरहेका छन्।
प्रधानमन्त्री ज्यूलाई म उहाँले 'चित्रगुप्तलाई बयान दिन तयार छु' भनेको उहाँको अभिव्यक्ति स्मरण गर्न अनुरोध गर्दछु। अहिले त जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति भनेजस्तो भएको छ । राज्यका आधिकारिक निकाय र प्रणालीसँग समानान्तर हुनेगरी संरचना नै बनाएर असुली गरिएका समाचार आउन थालेका छन् । देशभित्र मात्र नभएर विदेशमा समेत, जहाँ जहाँ प्रधानमन्त्रीले पाइला टेक्नुहुन्छ त्यहाँ विवाद हुने गरेको छ ।
प्रधानन्त्री ज्यू, खुल्लमखुल्ला सरकारका मन्त्रीहरूमाथि एकपछि अर्को भ्रष्टाचारका आरोप लागिरहँदा समेत तपाईंलाई सरकार अझै सुशासनकै दिशामा छ भन्ने लाग्छ ? के दिनुहुन्छ अब बयान ?
यस्ता अनगिन्ती उदाहरणले प्रधानमन्त्री ज्यूको 'भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ' भन्ने बडो राम्रो भनाइ र गराइ मलाई स्वर्ग र नर्क देखाएर सरकारबाट हटाएजस्तै भ्रष्टाचार गर्न दिन्छु भ्रष्टाचारीलाई बचाउँ भन्ने रहेछ भन्ने साबित भएको छ ।
गत साल मैले सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता नै होइन भनेको थिएँ। सुशासन सरकारको प्राथमिकता भएको भए मैले भ्रष्टाचार सुशासनका पक्षमा अभियान चलाएको सरकारलाई हटाउनुपर्ने आवश्यकतै हुने थिएन । सरकार त बडो अपरादर्शीताका साथ दलालहरुको स्वार्थमा दलालहरुकै पहलमा काम गरिरहनुभएको थियो ।
पहुँचवालाहरूको लागि ल्याइयो बजेट
विचौलियाका पक्षमा अध्यादेश ल्याउनेदेखि बक्यौता नतिर्नेहरुको तिरो तिर्न प्राधिकरणका निर्देशकलाई निष्काशन गर्नमा तपाईंहरुले भएभरको ऊर्जा खर्चिनुभयो। भागबण्डा, मिलेमतो, न्यायालयदेखि सत्ताका हरेक अंगहरुमा चरम राजनीतीकरण, सरुवा आतंक सिर्जना गर्नमै तपाईंहरू व्यस्त हुनुभयो।
जनजीविकाका सवाल, सुशासनका मुद्दा, सामाजिक न्याय र आर्थिक समृद्धि तपाईंहरुका लागि घाँडो भएका छन्। एउटै मुद्दामा आफ्नाहरुलाई बचाउने र विपक्षीलाई राजनैतिक प्रतिशोधसहित फसाउने कुरामा त तपाइहरुको सरकारको विश्व रेकर्ड नै बनेको छ । दुनियाँले हेरिराखेका छन् । यदि गिनिज बुकमा नाम लेख्ने हो भने यो सरकारले त्यसमा चाहिँ रेकर्ड बनाएकै छ।
यो गठबन्धन बन्दै गर्दा मेरो नेतृत्वको सरकारमाथि तपाईंहरुले ठूलो आरोप पुँजीगत खर्च बढन नसकेको, सार्वजनिक ऋण बढेको भन्ने थियो रु तर आज तथ्यांकहरुले के देखाएका छन् रु सार्वजनिक ऋण करिब २७ खर्ब र जिडीपीको करिब ४३ प्रतिशत पुग्दै गर्दा बजेट संरचना र आर्थिक क्षेत्रको भविष्यबारे तपाईंहरूका भनाइ र गराइ के हुन् रु ऋण तिर्नका लागि ऋण लिएर राज्य कतिन्जेल चल्छ ?
शीर्षकको चाङ र अंकको खेलभन्दा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटले आमजनतामा छाएको निराशा चिर्ने गरी लोकतन्त्रको सर्भिसिङ गर्ने दिशा पक्रनु पर्दथ्यो । तर, तपाईंहरुले बजेटलाई संख्याको दम्भमा दोहन गर्नुभयो । बजेटमा न त सपना छन्, न आसा ।
प्राथमिकतामा सिमेन्ट, गिट्टी–बालुवा र टावर राख्नुभयो तर जनताको अवस्था फेर्ने शब्द र अंक राख्न तपाईंहरुको हात काँपे । बजेटमा थारु देखिएनन्, मधेसी देखिएनन्, आदिवासी, जनजाति, मुस्लिम, थारु, महिला, दलित मजदुर, किसान देखिएनन् । न त त्यसमा कर्णाली, सुदूरपश्चिम र मधेस नै अटायो । दुई दलीय सत्ताउन्मादको दस्तावेज मात्र बनाइयो बजेट ।
जबकि शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने र जनतामा विश्वास जगाउने महत्वपूर्ण अवसर बन्न सक्थ्यो बजेट। तर केही मुट्ठीभर नवधनाढ्य, दलाल र पहुँचवालाहरूको लागि ल्याइयो बजेट ।
सुधारको मार्गचित्रलाई तपाईहरुले किन मिल्काइ दिनुभयो ?
यतिखेर हामी इतिहासकै कठीन र जटील मोडमा छौं। हजारौं योद्धाहरुको त्याग, समर्पण र बलिदानका कीर्तिमानहरुले निर्माण भएको गणतन्त्रमाथि औंला ठड्याउने दुस्साहस भइरहेको छ। त्यसैले अहिले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्ने क्रान्तिकारी र महत्वाकांक्षी बजेटको आवश्यकता थियो । तर, तपाईंहरु भने दुनियाँमा असफल भइसकेको नव उदारवादको दलाल प्रवृत्तिसामु पुरै लम्पसार पर्नुभयो ।
कार्यकर्ता पोस्न मनपरी ढंगले बजेट विनियोजन गर्नुभयो । निर्णायक आयोजनाहरुमाथि पुरै कैंची चलाउनु भयो । राष्ट्रिय योजना आयोगले तीन करोडभन्दा कम लागत भएका आयोजनाहरुलाई आयोजना बैंकमा प्रविष्ट नै नगर्दा पनि विभिन्न कार्यक्रमहरुलाई एउटै शीर्षक दिएर आफूखुसी सयौं योजनामा बजेट विनियोजन गर्नुभयो । स्थानीय तहमार्फत सञ्चालन हुनुपर्ने भिन्न–भिन्न कार्यक्रमहरुलाई बजेटको सिद्धान्तविपरीत गाभेर एउटा शीर्षकमा तीन करोडमाथि देखाउन छलकपट र बेइमानी गर्नुभयो ।
मेरो नेतृत्वको सरकारले नेपाली समाजलाई तीव्रगतिमा रुपान्तरण गर्दै सन्तुलित विकास र सामाजिक न्यायसहितको समृद्धि हासिल गरेर समाजवादी बाटोमा अघि बढ्न अघि सारेको एकीकृत आर्थिक कोरिडोर विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्ने नयाँ चरणको आर्थिक सुधारको मार्गचित्रलाई तपाईहरुले किन मिल्काइ दिनुभयो ?
नयाँ चरणको आर्थिक सुधारअन्तर्गत हरेक प्रदेशलाई त्यहाँको श्रोत, साधन र सम्भाव्यताका आधारमा विशिष्टीकृत आर्थिक क्षेत्रका रुपमा विकास गर्ने, मध्यपहाडी लोकमार्गलाई आर्थिक विकासको हब बनाउने, हुलाकी राजमार्गलाई ग्रामीण कृषि अर्थतन्त्रको केन्द्र बनाउने रणनीति लिइएको थियो गतसाल ।
यसैगरी, निजी क्षेत्रसँगको साझेदारीमा औद्योगिक ‘इकोसिस्टम निर्माण गरी औद्योगिक पुनरुत्थान र गुणस्तरीय रोजगारीका लागि भरतपुर–पोखरा –बुटवललाई आर्थिक करिडोरका रुपमा विकास गर्न गण्डकी आर्थिक त्रिभुज परियोजना अघि सारिएको थियो। तर, त्रिभूज परियोजनाका बारेमा तपाईंहरु सरकार गठन भएदेखि नै नकारात्मक धारणा किन बनाउनुभएको हो। नारायणगढ–बुटवल खण्डलाई निर्माण सामग्री तथा हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गर्ने महत्वाकांक्षी कार्यक्रम कार्यान्वयनमैं ल्याउनु भएन। अहिले त्यसलाई शीर्षकबाटै हटाउनुभयो ।
म सोध्न चाहन्छु, रणनीतिक महत्वका यस्ता परियोजना गायब पारेर कस्तो र कुन दिशामा हिँड्न खोज्दै हुनुहुन्छ रु अचम्म त के छ भने हुँदा-हुँदा दलाल, विचौलिया र स्वार्थ समूहको सेवा गर्न तपाईंहरुले त आफ्नै पार्टीका सिद्धान्त, विचार र घोषणापत्र पनि रछ्यानमा मिल्काइदिनुभयो। राष्ट्रिय गौरवका योजनाहरूलाई उपेक्षा गरेर एउटै स्थानमा अर्बौंको भ्यू टावर, सभाहल, औद्योगिक पार्क र अन्य आयोजनामा बजेट खन्याएर पूरा हुन्छ त बहुदलीय जनवादको सपना रु दलित, महिला, युवा, प्रवासी मजदूर, उद्यमी, मधेश, कर्णाली र सुदूरपश्चिमका कार्यक्रमहरु काटेर बन्छ त समृद्ध नेपाल ?
कर्णाली समृद्धि परियोजनामाथि किन रिस पोख्नुभयो रु सुदूरपश्चिम र कर्णालीमा मेगा फुड पार्क परियोजनाले तपाईंहरुको टाउको दुख्यो रु सर्वोच्च अदालतले समेत रोक लगाएका गिट्टी बालुवाको तस्करी गर्ने बाटो विचौलियाहरुको स्वार्थमा नीतिगत रुपमै खोल्ने के बाध्यता आइलाग्यो सरकारलाई ? तर स्थानीय तहलाई सार्वजनिक सेवा प्रवाह, उत्पादन र रोजगारी केन्द्रका रुपमा विकास गर्ने, प्रदेशहरुलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने, विभिन्न क्षेत्रमा नेपाली गलैंचा करिडोर, कृषि करिडोर, मार्सी धान करिडोर, माछा करिडोर जस्ता कार्यक्रमहरु हटाउनुभयो।
मैले बजेट तर्जुमा प्रक्रियाको कर्मकाण्ड अन्त्य गर्न नयाँ क्यालेण्डर नै जारी गरेर सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा जनप्रतिनिधीहरुका सुझाव समेत समावेश हुने गरी लोकतान्त्रिक विधि लागू गरेको थिएँ। तर, अहिलेको सरकारले यो लोकतान्त्रिक विधि र प्रक्रियालाई किन भत्कायो । जब बजेट निर्माण प्रक्रिया नै समावेशी र सहभागीतामूलक हुँदैन, जब बजेट निर्माण नै निश्चित स्वार्थ समूहको पक्षमा गरिन्छ, जब सेटिङ मिलाउने नियतले नै बजेट बन्छ भने जनताले के आशा गर्ने रु गत वर्ष १ लाख रिटर्नी प्रवासीहरुलाई उद्यमशीलतामा जोड्न प्रस्तावित रेमिट्यान्स उद्यमशीलता कार्यक्रम अनि पर्यटकीय सम्भावना बोकेको २२० किलोमिटर लामो सहीद मार्गमाथि किन प्रतिशोध साँध्नुभयो ?
अधिकारसम्पन्न दलित विकास प्राधिकरण स्थापना गर्ने क्रान्तिकारी सोँचकै हत्या गर्नुभयो । समाजमा त छुवाछुत थियो नै तपाईंहरुको त बजेटले नै दलितहरुमाथि छुवाछुत गर्यो । घरेलु मदिराको व्यवस्थित उत्पादन र ब्राण्डिङ गर्ने, औषधीय प्रयोजनका लागि नियमनसहितको गांजा खेती गर्ने जस्ता आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सिर्जनाका लागि महत्वपूर्ण कैयन कार्यक्रमहरु तपाईंहरुको सरोकारको विषय किन बनेनन् ?
मेरो नेतृत्वको सरकारले चालु आर्थिक वर्षको बजेटमा “राष्ट्र निर्माणमा युवा परिचालन कार्यक्रम” सञ्चालन गरी कम्तिमा एक लाख युवा परिचालन गर्नका लागि विनियोजन गरेको ३ अर्ब बजेट नै फ्रिज गरिदिनुभयो। स्टार्टअप उद्यमशीलताको बजेट नै झण्डै एकतिहाईले घटाउनुभयो।
आज देश सम्पत्ति शुद्धिकरणको सघन अनुगमन सूचि (ग्रेलिष्ट) मा परेको छ । उक्त सूचीबाट बाहिर आउन पनि भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नु पर्दछ । भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण नियन्त्रण गर्न चालिने प्रभावकारी कदमबाट राजस्वमा पनि उल्लेखनीय वृद्धी हुने स्पष्ट छ । तर सरकारका कदमहरु भ्रष्टाचार नियन्त्रणतर्फ देखिँदैनन् । बरु सरकार गठन भएदेखि नै अघिल्लो सरकारले अघि बढाएका अनुसन्धानहरुलाई प्रभावित गर्ने गरी काम हुँदै आएको छ। भ्रष्टाचार बढेसँगै सम्पत्ति शुद्धिकरण लगायतका अवैध कारोबार बढिरहेको छ ।
मैले त्यतिबेलै भनेको थिएँ, यो सरकार सुशासनको डरले बनेको हो भनेर। सुशासनसँगको त्यो डर आज पर्यन्त कायमै छ । त्यही डरले दुइ ठूला दल मिलायो अनि अहिले त्यही डरले सरकारले हाकाहाकी भ्रष्टाचारीहरुलाई जोगाउँदै छ । भ्रष्टाचारका फाइलहरु बन्द गरिँदै छन। भ्रष्टाचार झन मौलाउँदै गएको छ। सम्पत्ति शुद्धिकरणको क्रियाकलाप बढ्दै गएका छन् । अनि देश कसरी आउँछ ग्रे लिष्टबाट बाहिर रु
भिजिट भिसा र अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा देखिएका बेथिति पहिलेदेखि नै सार्वजनिक चर्चा र आलोचनाको विषय बन्दै आएको थियो। तर, योपटक गम्भीररूपमा सतहमा आयो र सबैको चासोको केन्द्र बन्यो। प्रमुख प्रतिपक्षी दलहरू र अन्य प्रतिपक्षी पार्टीहरूले यस विषयमा गम्भीर छलफल गरेर सरकारको ध्यानाकर्षण गराउन बाध्यतावश संसद अवरुद्ध हुन पुग्यो तथापि, राष्ट्रिय महत्त्वका विषयमा अवरोध गर्नु उपयुक्त नहुने ठहर गर्दै हामीले आर्थिक सर्वेक्षण र जेठ १५ मा बजेट प्रस्तुत गर्न संविधानको मर्मलाई सम्मान गर्दै सदन चलाउन दिने निर्णय गर्यौं।
हाम्रो पार्टी र नेतृत्वले विगतदेखि नै नेपालमा शान्ति प्रक्रिया, १२ बुँदे सहमतिपश्चात् सत्तापक्ष हुँदाहुँदै पनि प्रतिपक्षको भूमिका निर्वाह गर्नुपरेको, र प्रतिपक्ष हुँदाहुँदै पनि राष्ट्रहितमा सत्तापक्षको जिम्मेवारी वहन गर्नुपरेको ऐतिहासिक अनुभव बोकेको छ। त्यसैले हामी कुनै गैरजिम्मेवार शैलीमा बाधा पुर्याउने होइन, जिम्मेवार प्रतिपक्षको भूमिकामा दृढताका साथ उभिन चाहन्छौं भन्ने कुरा स्पष्ट गरेका छौं ।
भिजिट भिसाको विषय केवल प्रशासनिक त्रुटि मात्र नभइ गम्भीर राष्ट्रिय अनुसन्धानको विषय हो। यो समस्या लामो समयदेखि चल्दै आएको देखिन्छ र यसमा अन्तर्राष्ट्रिय कैयन संस्थाहरूको संलग्नता पनि कतै न कतै देखिन गएको छ त्यसैले यस विषयमा गहिरो र निष्पक्ष छानबिनको शर्तमा हामी आफुले निकै मेहनत गरेर सदनमा पुर्याएका संघीय निजामति सेवा, विद्यालय शिक्षा, नागरिकता लगायतका विधेयकहरु पारित गराउन एक जिम्मेवार प्रतिपक्षका हैसियतले सदनको अवरोध हटाएका हौं ।
तर दुखका साथ मैले भन्नुपर्छ हामीले त्यति ठूलो जिम्मेवारीका साथ विधेयक अघि बढाउने उद्देश्यमाथि आधारित भएर लिएको पहल त्यतिबेला बडो बिडम्बना बन्यो जतिबेला समितिबाट सर्वसम्मत पारित गरिएको संघीय निजामती विधेयकमाथि सदनसम्म आइपुग्दा निकै ठुलो छेडखानी र चलखेल भएको थाहा भयो । स्वार्थ समूहको चलखेलकै कारण विद्यालय शिक्षा विधेयक अझै समितिमैं रुमल्लिएको छ। यो बिडम्बना हो । सरकार र सबै माननीयहरुले यसलाई गम्भीररुपमा लिनु जरुरी छ ।
गणतन्त्रको स्थापनापछि पूर्वाधारदेखि सामाजिक क्षेत्रमा तुलनात्मक रुपमा प्रगति नभएको होइन। तर, सरकारका काम-कारबाहीका कारण जनतामा गणतन्त्रविरुद्ध नै असन्तुष्टि बढाउने तत्वहरु सक्रिय किन सक्रिय बनेका छन् ?
गणतन्त्र स्थापना र संविधान जारी भएपछि हाम्रो कोर्स पनि त्यहीअनुसार करेक्सन हुनुपर्ने थियो । किनभने झण्डै तीनसय वर्षदेखि विद्यमान उत्पादन सम्बन्ध र उत्पादन शक्तिको स्थिति र त्यसका जगमा निर्माण भएका राजनीतिक र सामाजिक सत्तालाई पुरानै ढर्राबाट परिवर्तन गर्न सम्भव थिएन । यसका लागि संविधानले परिकल्पना गरेअनुरुप शासकीय संरचना फेरिनु अनिवार्य शर्त थियो ।
संघीयताको मर्मअनुरुप संविधानको तत्काल कार्यान्वयन गर्नुपथ्र्यो । तर, हामी यसमा गम्भीर हुन सकेनौं। हामी तदर्थवाद भन्दा माथि उठ्न सकेनौं । स्थानीय तहको आलोचना गर्न थाल्यौं, प्रदेशको आलोचना गर्न थाल्यौं । तर, हामीले संघीयता बलियो बनाउने गरी स्थानीय तह र प्रदेशलाई अधिकार दिन कानुन निर्माणदेखि अन्य प्रक्रिया बढाउन सकेनौ । हामीले हात खुट्टा बाँधेर दौडिन सकेनौं भनेर आलोचना गर्न थाल्यौं । हामीले पुरानै शासकीय संरचना, परिपाटी र शैलीमा सेवाप्रवाह गर्न खोज्यौं । यो नै अहिले देखिएको निराशा र असन्तुष्टिको प्रमुख कारण हो।
सरकारले गठबन्धनको औचित्य पुष्टि गर्न प्रारम्भमा संविधान संशोधनको निकै प्रचार गर्यो । तर संविधान संशोधन पनि जनतालाई ढाँटछल गर्ने सूत्र मात्रै थियो भन्ने कुरा यो एक वर्षमा पुष्टि गर्यो। प्रधानमन्त्रीले नै संविधान संशोधन २०८७ अगाडि सम्भव छैन भन्नुभयो । खासमा सरकारको नियत संघीयता, समावेशिता, निर्वाचन प्रणाली लगायतका विषयमा १० वर्षको गम्भीर समीक्षा गरेर नेपाली समाजलाई अग्रगामी रुपान्तरणका लागि संविधान संशोधन गर्ने थिएन भन्ने पुष्टी भयो । बरु, दुई दलको स्वेच्छाचारितालाई संस्थागत गर्ने नियतले संविधान संशोधनको कुरा उठेको थियो भन्न् पनि व्यवहारले नै पुष्टी भयो ।
यो समग्र राजनीतिक परिवर्तन र उपलब्धिको संस्थापन पक्ष भएको हैसियतले संविधान संशोधनबारे हाम्रो स्पष्ट मत छ । समामुख महोदय फेरी यो कुरा म राख्न चाहन्छु, हामीले १० वर्ष संविधान कार्यान्वयनमा जाऔं, त्यसपछि यसको गम्भीर समीक्षा गरेर संशोधन गरौं भन्दै आएका हौं । यद्यपी संविधान अझै पनि पूर्ण कार्यान्वयन हुन सकेको छैन । संविधान कार्यान्वयनका लागि अति आवश्यक ऐनहरु बन्न सकेका छैनन् । तरपनि नेपाली जनताको अपेक्षाअनुरुप जसरी शासन प्रणाली सञ्चालन हुनुपर्ने हो, जनतामा व्यवस्थाप्रति जसरी भरोसा बढ्नुपर्ने हो, त्यसको गम्भीर समीक्षा भने गर्नैपर्ने अवस्था आइलागेको छ। कतै यो असन्तुष्टि हाम्रो निर्वाचन प्रणाली, हाम्रो शासकीय संरचना, हाम्रो कार्यशैली र प्रणालीले बढाएको त छैन रु यी विषयमा गम्भीर हुनु जरुरी छ ।
अब संविधान संशोधनले नेपाली जनताका अधिकार अझै संस्थागत गर्नुपर्दछ । उपेक्षित उत्पीडित जाति, वर्ग, भूगोल तथा समुदायको पहिचान र अधिकार संरक्षणका लागि हुनुपर्दछ भनेर हामीले भन्दै आएका छौं । संविधान जारी हुँदाका असन्तुष्टि हल हुने गरी, संविधानको अग्रगामी संशोधन गर्ने, शासकीय स्वरुप, निर्वाचन प्रणाली, प्रदेशको नामांकन, सिमांकन, पहिचान र अधिकारको सम्बोधन गर्ने, वित्तीय संघीयता, अझ राम्रो समावेशिता र सामाजिक न्यायका लागि संविधान संशोधन गर्ने हो भने म सरकारलाई भन्न चाहन्छ यदि त्यसो गर्ने हो भने नपुगेको दुईतिहाई बहुमत जुटाउने काम म गर्छु, प्रमुख प्रतिपक्षले गर्छ । सरकारसँग छ यो हिम्मत ?
अहिले कतिपयले माओवादी पनि अरुजस्तै भयो भनेर टिप्पणी गर्ने गरिएको छ । तर के माओवादी पनि अरुजस्तै भएको भए नेपालमा संविधानसभाको चुनाव हुन्थ्योरु नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संभव थियोरु माओवादी पनि अरुजस्तै भएको भए के नेपालमा महिला, दलित, आदिवासी, जनजाति, मुस्लिम, लगायत मजदूर किसानलाई जो समावेशीता र समानुपातिकताको अधिकार प्राप्त छ, त्यो संभव थियो रुरु हामीले तुलनात्मरुपमा उत्कृष्ट अहिलेको संविधानमा समेत फरक मत राखेर आएको शक्ति हो भनेर म यस सम्मानित सदन र आम जनतासँग कुरा राख्न चाहन्छु। हामी नेपाली समाजलाई यथास्थितिवादको गोलचक्करबाट निकास दिन प्रयासरत् छौं । टालटुले र कर्मकाण्डी सुधारबाट नेपाली समाजको रुपान्तरण हुँदैन भन्ने कुरामा हामी स्पष्ट छौं ।
यो केवल कोरा भावनात्मक अभिव्यक्ति मात्रै होइन व्यवहारमै हामीले पुष्टि समेत गरेका छौं । माओवादी नेतृत्वमा पहिलोपटक सरकारमा रहँदा अघि सारिएको मध्यपहाडी लोकमार्गको परिकल्पना त्यसै गरिएको थिएन । सात वटै प्रदेशमा विशेष आर्थिक क्षेत्रको घोषणा त्यत्तिकै गरिएको थिएन ।, ठप्प अवस्थामा रहेको हुलाकी मार्ग अगाडि बढाउने प्रतिवद्धता र भारत सरकारसँग सीधासीधा कुरा त्यत्तिकै गरिएको थिएन । उत्तर दक्षिण करिडोर जस्ता निर्णायक महत्व बोकेका कैयन राष्ट्रीय गौरवका आयोजनाहरु हामीले नेपालको सुन्दर भविष्य निर्माण गर्ने प्रतिवद्धतासहित अघि बढाएका थियौं । संविधान निर्माणपछि विकसित भएको परिस्थितिमा दोश्रो कार्यकालमा सफलरुपमा निर्वाचनमार्फत संविधान कार्यान्वयन हुन नसकेको भए अहिले हामी कहाँ हुन्थ्यौं ?
हाम्रै नेतृत्वको सरकारले १८ घण्टासम्मको लोडसेडिग हटाएर विद्युत उत्पादन र प्रसारण लाइन विस्तारमा क्रान्ति ल्याउनु सानो कुरा थियो र रु पछिल्लो कार्यकालमा सुशासनमा निर्मम तरिकाले अघि बढेको जगजाहेर नै छ । सामाजिक न्यायका क्षेत्रमा कैयन मानक बनेका छन् । आर्थिक संकटलाई अत्यन्तै मेहनतका साथ हल गर्न खोजिएकै कारण अहिलेको सुधारका केही संकेत देखिएको हो।
हो हामीसँग पर्याप्त बहुमत नहुँदा र तपाइहरुसँग मिलेरै सरकार बनाउनुपर्ने परिस्थितका कारण हामीले चाहेर पनि सबै कुरा हुन सम्भव थिएन । अलि बल लगाएरै केही नयाँ गर्न खोज्दा कसरी तपाईहरुलाई दलाल र विचौलियाहरुले प्रभावित गरे भन्ने जगजाहेर भइसकेको छ । नेपाली इतिहासका घटनाहरुले देखाएका छन् देश रुपान्तरण गर्ने स्पष्ट दृष्टिकोण, एजेण्डा र इमान्दारिताका साथ अगाडि बढ्न खोज्दा के कस्ता घेराबन्दी भोग्नुपर्यो भन्ने हामीले राम्रैसँग अनुभूति गरेका छौं ।
किनभने हामी इतिहास बनाएर आएका हौं । म अरुलाई आरोप लगाउन चाहन्न तपाइहरुको पनि आ आफ्नो इतिहास छ । तर म आफ्नो बारेमा भन्न चाहन्छु हामीले इतिहास बनाएर आएका हौं र भविष्यको खाका कोर्ने हिम्मत र साहस पनि हामीसँग अझै बाँकी छ भन्ने कुरा म प्रष्ट गर्न चाहन्छु ।
गठबन्धनमा रहेर कैयन अप्ठ्याराका बीचमा पनि हामीले कैयौं मानक बनाउन सक्यौं हामीले राष्ट्रीय र अन्तराष्ट्रीयरुपमा भने पाँच वर्ष सरकार सञ्चालन गर्न पाए यो देशलाई रुपान्तरण गर्न सक्छौं भन्ने अठोट अहिले पनि हामीसँग छ। यही अठोटका साथ हामीले सबैभन्दा पहिला अरुलाई आरोप लगाएनौं । आफ्नै आत्मालोचनाबाट सुरु गर्यौं। हामी कहाँ चुक्यौं रु हामी आफ्नो विचारलाई दृढताका साथ जनतामा लैजान कहाँ चुक्यौं ?
हाम्रो वर्ग तथा समुदायसँगको सम्बन्धमा त्यसलाई परिचालन गर्न कहाँ चुक्यौं ? ती हजारौं सहीद परिवार वेपत्ता परिवार घाइते अपांग जेल नेल भोगेका जनयुद्ध जनआन्दोलनका ती तमाम परिवारसँगको सम्बन्धलाई सुदृढ गर्न कहाँ चुक्यौं रु कहीँ न कहीँ हामीले गल्ती गर्यौं भन्ने हामीले आत्मसमीक्षा गरेपछि नै सुरु भएको हो तराई मधेस हुलाकी केन्द्रीत जनजागरण अभियान । यहाँहरु सबैले देख्नुभएको छ । तपाइहरुले मध्यपहाडी लोकमार्गको अभियान पनि देख्नु भएको छ । बैतडी पाटन हुँदै कास्कीसम्म पुगेर रोकिएको छ र त्यसलाई छिटै पाँचथरसम्म पुर्याउँदैछौं । यो आत्मसमीक्षाको परिणाम हो र त्यही कुरा हामी जनतालाई भन्दै गएका छौं ।
कुशासनको तानाशाही गाडा
म प्रतिपक्षी दलको नेताका हैसियतले फेरि जोड दिएर के भन्न चाहन्छु भने लाखौं जनताले यसै गणतन्त्रलाई सुन्दर र उन्नत गणतन्त्र बनाएर आफ्ना सपना पूरा गर्न चाहेका छन्। जनता गणतन्त्रका पक्षमा, अग्रगमनका पक्षमा छन् । यही गणतन्त्रलाई प्रत्यक्ष निर्वाचित कार्यकारी मोडेलमा सर्भिसिङ गर्न चाहन्छन्। आज फेरि पनि खबरदारी गर्न चाहन्छु( यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट छैन, सरकारकै कार्यशैलीबाट छ।
तर, तपाईंहरु अझैपनि संख्याको दम्भमा जे गरेपनि हुन्छ भनेर कुशासनको तानाशाही गाडा कुदाउँदै हुनुहुन्छ । अहिले आम नेपाली जनताले मात्रै होइन पुरा दुनियाँले हेरेको छ, अदालतको कार्यशैली कस्तो छ, निर्णय प्रक्रिया कस्तो छ, हाम्रा संवैधानिक निकायको कुन वैधानिकता र आधिकारिक मान्यतामा बन्ने र भत्किने गरेका छन् ।
हाम्रा संसदीय समिति र संसद कुन अथोरिटी कुन मुल्य र मान्यतामा टेकेर अगाडि बढेका छन् त्यो दुनियाँले हेरिराखेको छ । र हामी सबैको निम्ति चुनौति बनेको छ। म फेरी पनि भन्न चाहन्छु हामी थुप्रै मतभेदका वावजूद शान्ती सम्झौताका हामी सहयात्री हौं । गणतन्त्रका हामी सहयात्री हौं । हामीले आत्मसमीक्षा र आफूलाई सच्च्याउने कठोर संकल्प नगर्ने भने अन्यथा जनताको धैर्यताको सीमा सधैं रहीराख्ने भन्ने हुन्न विष्फोट हुन्छ र सबैलाई त्यसको निम्ति सतर्क हुन अपील गर्दै म आफ्नो भनाई टुंग्याउन चाहन्छु । धन्यवाद
(संसदमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व(प्रधानमन्त्री प्रचण्डले सोमबार (३० असार २०८२) मा गरेको सम्बोधनको पूर्ण पाठ)