सीके राउतले गरे रवि लामिछानेको पक्षमा हस्ताक्षर


२०८२ असार ३० सोमबार १९:०५ बजे

काठमाडौं :  जनमत पार्टीका अध्यक्ष सीके राउतले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय घण्टीघर पुगेर राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्यवद्धता जनाएका हुन् ।

हस्ताक्षरपछि प्रतिक्रिया दिदै उनले लामिछानेमाथि प्रतिशोध साँधिएको र त्यो गलत भएको बताए । उनले भने, ‘रवि लामिछानेलाई पहिलो पटक गिरफ्तार गर्दा नै मैले राजनीतिक प्रतिशोध भयो भनेको थिएँ । यो राज्यले कसैमाथि यसरी प्रतिशोध साँध्न हुँदैन । स्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ भनेर आफ्नो विचार राख्दै आएका छौँ ।’ 

उनले कार्यापालिकाको हस्तक्षेप न्यायपालिकामा स्वभाविक भएको समेत बताए । ‘नेपालमा राजनीतिक व्यवस्था त्यति परिपक्क छैन र शक्ति पृथकिकरण राम्रोसँग हुन सकेको छैन । यहाँ कार्यपालिका, न्यायपालिका पृथक हो भनेर हेर्न पाइदैन,’ उनले भने, ‘अहिलेको हाम्रो व्यवस्थामा न्यायाधीशहरुको नियुक्ति कार्यपालिकाले नै एकहिसावले प्रभावित गर्ने भएर गर्ने भएकाले हामीकहाँ झनै हेर्न पाइदैन । त्यही भएर अदालतलाई प्रभावित गर्ने, न्यायलयको निर्णयमा प्रभावित हुने स्वभाविक देखिन्छ ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७