कीर्तिपुरमा खाल्डोमा डुबेर बालकको मृत्यु


२०८२ असार २९ आइतबार २१:३८ बजे

काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ महानगरपालिका कुलेश्वर बस्ने दोलखा घर भएका ११ वर्षीय विवेश तामाङ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

उक्त खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका तामाङको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।यसैबीच, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने दार्चुलाको महाकाली नगरपालिका–४ घर भएका ६२ वर्षीय भीमप्रसाद निरौलालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन १२ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले महालक्ष्मी–५ इमाडोलबाट पक्राउ गरेको हो । निरौलालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७