निजामती विधेयकको त्रुटि छानबिन समितिको संयोजक पद अब ‘सभापति’


२०८२ असार २९ आइतबार १६:२४ बजे
फाइल फोटो

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सदनमा प्रस्तुत भएको संघीय निजामती सेवा विधेयक, २०८० मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित विशेष समितिको संयोजक पदलाई सभापतिमा परिणत गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकले उक्त अध्ययन समितिमा सभापति रहने सहमति दिएको हो । सभामुख देवराज घिमिरेले समिति गठन भएको दिनबाटै लागू हुनेगरी संयोजक पदलाई सभापति काम गरिएको बताए ।

संघीय निजामती सेवा विधेयक, २०८० माथिको राज्यव्यवस्था समितिको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्नका लागि यही असार २३ गते प्रतिनिधिसभाद्वारा विशेष समिति गठन भएको थियो । प्रतिनिधिसभाद्वारा गठित उक्त विशेष समितिको संयोजक तोकिएकामा सदनभित्रै त्यसको विरोध समेत भएको थियो । निजामती सेवा विधेयकलाई राज्य व्यवस्था समितिबाट प्रतिनिधिसभामा पठाउँदा अवकाशप्राप्त निजामती कर्मचारीको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्थामा छेडखानी भएका विषयमा अध्ययन तथा छानविनका लागि उक्त विशेष समिति गठन भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७