अध्यक्ष नेपालबारे सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको छु : खनाल


२०८२ असार २८ शनिबार १६:५० बजे

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्ष माधवकुमार नेपालका विषयमा आफूले सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको बताएका छन् । 

आज (शनिबार) चीन भ्रमण सकेर स्वदेश फर्किएका पूर्व प्रधानमन्त्री खनालले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्षका विषयमा आफूले सचिवालय बैठकमा दस्ताबेज प्रस्तुत गरेको तर अहिले सार्वजनिक नगरेको जानकारी गराए । 

‘यो आम जनताको प्रश्न हो हामीले पनि यस्ता प्रश्न गर्नुपर्ने हुनसक्छ । मैले हाम्रो पार्टीको सचिवालयको भर्खरै सम्पन्न भएको बैठकमा एउटा लिखित दस्ताबेज प्रस्तुत गरेको छु । त्यो दस्ताबेज अहिले मैले बाहिर ल्याएको छैन । त्यो पार्टीभित्रै पहिला राखौँ भनेकाले पार्टीभित्रै राखेको छु, त्यसबारेमा छलफल हुन्छ, हुनेवाला छ’ , उनले भने, ‘त्यो छलफल भइसकेपछि यो बारेमा भन्नुपर्ने कुरा भन्नेछु ।’ 

पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालविरुद्ध पतञ्जलि योगपीठको जग्गा घोटाला गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ । यही असार ११ गते मात्र उनले विशेष अदालतमा ३५ लाख धरौटी बुझाएका छन् । भ्रष्टाचार मुद्दा परेसँगै उनकै सांसद पनि निलम्बन भइसकेको छ । तर पार्टी अध्यक्ष पद छाडेका छैनन् । बरु उनीविरुद्ध अभिव्यक्ति दिएकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण मागिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७